यूएईमा जारी आईपीएल २०२० को हिजो मंगलबार रातिको खेलमा किंग्स एलाभेन पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।
दिल्लीका लागि शिखर धवनले सर्वाधिक १०६ रन जोडे। कप्तान श्रेयस ऐय्यर र ऋषभ पन्तले समान १४ रन जोडेका थिए।
पञ्जाबका लागि मोहम्मद शमीले २ विकेट लिन सफल भए। जिम्मि निशम, मुरूगन अश्विन र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए।
पञ्जाबले १ ओभर बाँकी छँदै ५ विकेट गुमाउँदै जित हासिल गर्यो।
पञ्जाबका निकोलस पूरनले सर्वाधिक ५३ रन बनाए। ग्लेन म्याक्सवेलले ३२ रन तथा क्रिस गेलले २९, कप्तान केएल राहुलले १५ रन जोडे।