काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २ हजार ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१२ हजार ६३६ जनाको परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको हो। आजको दिनमा देशभर ३१ हजार २९८ जना सक्रिय संक्रमित छन्।
२४ घण्टामा २ हजार २० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार १३२ जनाको कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।