बिहीबार, वैशाख १३, २०८१

असई हत्या प्रकरण : प्रहरी जवानको अवस्था अझै अज्ञात

कैलालीको धनगढी उपमहानगरपालिका १२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टका प्रहरी जवान रामकुमार साउदको अवस्था ३० घन्टा बितिसक्दा पनि अज्ञात नै छ।
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

काठमाडौं- कैलालीको धनगढी उपमहानगरपालिका १२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टका प्रहरी जवान रामकुमार साउदको अवस्था करिब ३० घन्टा बितिसक्दा पनि अज्ञात नै छ।

triton college

शनिबार राति गस्तीमा गएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र साउद सम्पर्कविहीन भएका थिए।

असई विकको आइतबार बिहान मोहना नदी किनारमा घाँटी रेटिएको अवस्थामा शव भेटिएको थियो। तर, प्रहरी जवान साउदको अवस्था भने सम्पर्क विहीन भएदेखि नै अज्ञात छ। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले प्रहरी जवानको अवस्था अहिलेसम्म अज्ञात नै रहेको र खोजतलास जारी रहेको बताए।

सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले दिनभर  मोहना नदीमा खोजतलास गरेको थियो।

corrent noodles
Metro Mart

प्रहरी जवान साउदको पनि हत्या गरेर नदीमा शव फालिएको हुन सक्ने आशंका र नदीमा अन्य केही सबुत प्रमाणहरु भेटिन सक्ने भन्दै गोताखोरको टोलीले खोजी गरेको हो।

असई विकको शव भने पोष्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रहरीले घटनाको अनुसन्धानका लागि आइतबार नै ११ जनालाई नियन्त्रणमा लिइसकेको छ।

घटनास्थल आसपास क्षेत्रमा सादा पोशाकमा सुरक्षाकर्मीहरु परिचालन गरेर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रहरीले कैलालीको जुगेडास्थित सीमावर्ती क्षेत्रमा सामान तस्करीमा संलग्न रहने गरेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ।

असई विक कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज थिए। अस्थायी प्रहरी पोष्ट रहेको जुगेडा सीमावर्ती क्षेत्र हो। 

त्यहाँबाट अवैध तस्करी हुने भएकाले सुरक्षा निकायले नियमित निगरानी गर्दै आइरहेका थिए। 

तस्करकै समूहले नै गस्तीमा गएको समयमा घेरा हालेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

असईको स्थायी ठेगाना कञ्चनपुरको पुनर्वास नगरपालिका–९ र प्रहरी जवानको अछामको बान्नीगढी गाउँपालिका–५ रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: Oct 19, 2020| 03:27 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।