बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पोखरामा निजी ल्याबलाई पीसीआर परीक्षण अनुमति, ३ घण्टामै रिपोर्ट

पोखरामा निजी ल्याबलाई पीसीआर परीक्षण अनुमति, ३ घण्टामै रिपोर्ट

पोखरा– पोखरा न्युरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रालिले कोरोना परीक्षण सुरु गरेको छ।
 |  शनिबार, कात्तिक १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १, २०७७

पोखरा– पोखरा न्युरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रालिले कोरोना परीक्षण सुरु गरेको छ।

triton college

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ दिन पहिले कोरोना परीक्षणको अनुमति पाएको ल्याबले शुक्रबारदेखि परीक्षण सुरु गरेको हो। लाइफकेयर कोरोना परीक्षणका लागि अनुमति पाउने गण्डकी प्रदेशको पहिलो निजी ल्याब हो। 

परीक्षणका लागि १ करोड बराबरको मेसिन जडान गरिएको ल्याबका प्रबन्ध निर्देशक शुक्रराज कँडेलले जानकारी दिए। स्वाब संकलन गरेको २४ घ(टाभित्र आफूहरुले रिपोर्ट दिने र राज्यले तोकेको शुल्क लिने उनले बताए। ‘संकटमा राज्यलाई साथ दिनु सबैको दायित्व हो। हामीले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ भनेर सुरु गरेका हौं,’ प्रबन्ध निर्देशक कँडेलले भने, ‘सरकारले २ हजारमा गर्न भनेको छ। त्यहाँभन्दा बढी लिन्नौं’ 

बिहान ९ देखि १२ बजेसम्म स्वाब संकलन गरिने कँडेलले जानकारी दिए। कोरोना परीक्षण गर्दा ल्याबले प्रदान गर्ने अन्य टेस्ट प्रभावित नहुने प्रबन्ध निर्देशक कँडेलले सुनाए। ल्याबबाट प्रदान हुने अन्य सेवा दिन छुट्टै कर्मचारी व्यवस्था गरिएको छ। ‘पहिला दिँदै आएको सेवा यथावत् छ। कोरोना परीक्षण अन्डरग्राउन्डमा भएकाले डराउनु पर्दैन,’ कँडेलले भने, ‘अन्डरग्राउन्ड जान छुट्टै बाटो छ। माथि र तल ल्याबमा काम गर्ने कर्मचारी पनि फरक हुनुहुन्छ।’

कोरोना परीक्षण गर्न अहिले १५ जना जनशक्ति खटिएका छन्। अत्यावश्यक परेमा ३ घण्टाभित्र रिपोर्ट उपलब्ध गराउन सकिने सञ्चालक डा. अमर नागिलाले बताए। दैनिक ३ सय स्वाब संकलन गरेर परीक्षण गर्न सक्ने डा नागिलाले बताए। कोरोना परीक्षणका लागि अमेरिकी ब्राण्डको ९६ वेलप्लेट आरटिपिसिआर मेसिन (एक पटकमा ९६ वटा टेस्ट गर्न सकिने) ल्याबमा राखिएको छ। 
५ वर्ष अगाडिबाट पोखरामा सञ्चालित ल्याब प्रदेशकै एकमात्र क वर्गको प्याथोलोजी ल्याब हो । उक्त ल्याबले कोरोना परीक्षण गर्न आवश्यक पिसिआरलगायत अन्य मेसिन जडान गरेपछि २९ भदौमा अनुमति मागेको थियो ।  
लाइफकेयर अनुमति नपाउँदै पनि सर्वसाधारणबाट २ हजार ५ सय रुपैयाँ लिएर स्वाब संकलन गर्दै आएको थियो। तर ती स्वाब काठमाडौं र पोखराका सरकारी ल्याबमा लगेर परीक्षण गराउँदै आएको थियो। अनुमति नै नपाएको ल्याबले आफै पिसिआर परीक्षण गर्ने भनेर स्वाब संकलन गरेको गुनासो आएपछि प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश प्रयोशालाले त्यसो नगर्न चेतावनीसहितको पत्र पठाएको थियो। 
लाइफकेयरबाहेक प्रदेशमा कोरोना परीक्षणका लागि २ सरकारी प्रयोगशाला छन्। कोरोना परीक्षण गर्ने दुवै ल्याबमा स्वाबको संख्या बढ्दा चाप बढेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग उपचार केन्द्रमा कोरोना परीक्षण हुन्छ। पे–क्लिनिक सञ्चालन गरेको प्रतिष्ठानको प्रयोगशालामा जाँच गर्न लाइन बस्नुपर्ने बाध्यता छ । स्वाबको चाप बढे पनि जनशक्ति थप्नेतर्फ कसैको ध्यान नगएको प्रतिष्ठानको प्रयोगशालामा खटिएका स्वास्थ्यकर्मीको गुनासो छ । 

corrent noodles
Metro Mart

प्रकाशित: Oct 17, 2020| 10:27 शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।