विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४६८ कोरोना संक्रमित थपिएका छन्।
मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, तेह्रथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुई–दुई, भोजपुर र ताप्लेजुङमा एकएक र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
विराटनगरमा आज १३४ जनामा संक्रमण देखिएको छ। तीमध्ये ४९ महिला र ८५ पुरुष छन्।
सुन्दरहरैंचामा १३, उर्लाबारीमा १२, बेलबारीमा ११, पथरीशनिश्चरेमा सात, ग्रामथानमा पाँच, केराबारीमा तीन, बुढीगंगा, लेटाङ, कानेपोखरी र धनपालथानमा दुई–दुई, कटहरी, रंगेली र रतुवामाईमा एकएक र स्थानीय तह नखुलेका ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
सुनसरीको धरानमा १०८, इटहरीमा ६५, दुहबीमा ६, बराहक्षेत्रमा पाँच, बर्जु र रामधुनीमा तीन–तीन, गढी र इनरुवामा दुई–दुई, देवानगन्ज र कोसी गाउँपालिकामा एक–एक र स्थानीय तह नखुलेका चार जनामा संक्रमण देखिएको छ।
झापाको बिर्तामोडमा आठ, भद्रपुरमा ६, दमकमा चार, अर्जुनधारामा तीन, बुद्धशान्ति र गौरादहमा दुई–दुई, शिवसताक्षी, कनकाई, कमल गाउँपालिका र स्थानीय तह नखुलेका एक–एकजनामा संक्रमण भएको छ।
तेह्रथुमको म्याङलुङमा दुई, लालीगुराँसमा एक, स्थानीय तह नखुलेका चार जना संक्रमित भएका छन्। उदयपुरको त्रियुगामा तीन र बेलकामा एकजना संक्रमित थपिएका छन् भने इलामको माई, देउमाई र स्थानीय तह नखुलेका एक–एक जनामा संक्रमण भएको छ।
धनकुटामा दुई, संखुवासभाको खाँदबारी र सभापोखरीमा एक–एक, भोजुरको षडानन्दमा एक, ताप्लेजुङको आठराई त्रिवेणीमा एक र प्रदेश १ बाहिरका १२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयको विवरणमा छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार ७०२ पुगेको छ।
प्रदेश १ मा शुक्रबार २२१ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट २०९ र न्युरो अस्पतालबाट १२ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ५६१ पुगेको छ।
प्रदेश १ मा शुक्रबार एक हजार ४४५ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १६४ महिला र ३०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म एक लाख ४३ हजार ९३३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।