पोखरा- गण्डकी प्रदेशमा आज बिहीबार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज १६९ जनामा संक्रमण पुष्टि भएको छ।
आज नवलपुरमा ५८, बागलुङमा ५१, कास्कीमा ३५, तनहुँमा ११, गोरखामा ७ र लमजुङमा ३ जना संक्रमित थपिएका छन्। यसअघि सबैभन्दा धेरै १८ असोजमा १६० जना थपिएका थिए। आज थपिएका सहित प्रदेशमा कोरोना संक्रमितको संख्या ५३ सय ५६ पुगेको छ।
संक्रमितमध्ये ३४ सय ७० जना निको भएका छन् भने ४७ संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा कास्कीका १३, नवलपुर र तनहुँका ९-९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङका २, बागलुङ र म्याग्दीका १-१ जना छन् ।