बिहीबार, वैशाख १३, २०८१

भारतीय सेनाध्यक्ष नरवणे नेपाल आउँदै 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण हुने जानकारी दिएको छ। कुन दिन आउन लागेका हुन् भन्नेबारे केही खुलाएको छैन।
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडौं– भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवण कात्तिकमा नेपाल भ्रमणमा आउने भएका छन्। 

triton college

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण हुने जानकारी दिएको छ। कुन दिन आउन लागेका हुन् भन्नेबारे केही खुलाएको छैन। 

नेपाल–भारतबीचको सीमा विवाद र कोरोना भाइरसको महामारीले उनकाे भ्रमण रोकिएको थियाे।

‘विगतमा दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित हुन गएको मित्रराष्ट्र भारतका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण यही कात्तिकमा हुने भएको छ,’ सेनाकाे विज्ञप्तिमा भनिएको छ। 

भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका विषयमा २० माघ २०७६ मा बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो। 

corrent noodles
Metro Mart

नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ। त्यसैका लागि नरावणे नेपाल आउन लागेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ। 

भ्रमणका क्रममा उनले क–कसलाई भेट्नेछन् भन्ने खुलाइएको छैन। सैनिक स्रोतका अनुसार भ्रमणका क्रममा नेपाली सेना र भारतीय सेनाबीच आपसी सहयोग आदानप्रदानलगायतका विषयमा छलफल हुनेछ। भारतीय पक्षसँग अनौपचारिक संवादपछि उनको नेपाल भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भएको हो। 

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रलाई समेटेर नक्सा सार्वजनिक गर्नुका साथै सडकसमेत निर्माण गरेपछि सीमा विवाद भएको थियो। 

भारतीय सेनाध्यक्षले यसबारे विवादास्पद अभिव्यक्ति दिएका कारण  विरोधसमेत भएको थियो। नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले भने २९ पुस २०७५ मा भारत भ्रमणका क्रममा नै मानार्थ सेनापतिको सम्मान ग्रहण गरिसकेका छन्।
 

प्रकाशित: Oct 14, 2020| 10:28 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।