काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) ७.४२ अंकले घटेको छ।
घटेको बजार १५६१.१७ अंकमा पुगेर रोकिएको हो। आज सेन्सेटिभ इन्डेक्ससमेत १.६६ अंकले घटेर ३०९.७५ मा झरेको छ।
बुधबार १९५ कम्पनीको ५२ लाख ९१ हजार ३१४ कित्ता सेयर खरिदविक्री हुँदा एक अर्ब ४९ करोड ६३ लाख बराबरको कारोबार भएको छ।
आज होटल समूह बाहेक सबैको उपसूचक ओरालो लागेको छ। होटल २.३९ अंकले बढेको छ भने बैंकिङ समूहको उपसूचक ३.५९,
व्यापार ३.७३, विकास बैंक ४१.९२, जलविद्युत् १६ र फाइनान्स १०.९ अंकले घटेको छ।
त्यस्तै निर्जिवन बिमा २२.०८, उत्पादन २२.३३, अन्य ५.९, माइक्रोफाइनान्स ५.३२, बिमा ३३.५१ र म्युचुअल फण्ड ०.७ अंकले घटेको छ।
आज जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् भने घलेम्दी हाइड्रोपावर लिमिटेडका लगानीकर्ता धेरै गुमाएका छन्।