शुक्रबार, वैशाख ७, २०८१

पोखरामा धमाधम भुस्याहा कुकुरको बन्ध्याकरण 

दसैंअघिसम्म कम्तीमा ३५ पोथी कुकुरको बन्ध्याकरण गर्ने संस्थाले जनाएको छ। हार्टले पोखरामा बर्सेनि रहेका भुस्याहा कुकुरहरुलाई रेबिजविरुद्धको खोप लगाउँदै आएको छ। 
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

पोखरा- हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट नेपाल) ले पोखरामा रहेका भुस्याहा कुकुरहरुको वन्ध्याकरण गर्न थालेको छ ।

triton college

दसैंअघिसम्म कम्तीमा ३५ पोथी कुकुरको बन्ध्याकरण गर्ने संस्थाले जनाएको छ। हार्टले पोखरामा बर्सेनि रहेका भुस्याहा कुकुरहरुलाई रेबिजविरुद्धको खोप लगाउँदै आएको छ। 

खोप लगाउने क्रममा कोभिड १९ महामारीको कारण केही वडा छुटेका थिए। ती छुटेका वडामा गत हप्ता विश्व रेबिज दिवसको अवसर पारेर खोप लगाइएको हार्ट नेपालका संयोजक खगेश्वर शर्माले जानकारी दिए। 

खोप लगाउने क्रममा बन्ध्याकरण नभएका पोथी कुकुरहरुको संख्या धेरै देखिएकाले अभियान थालिएको उनले बताए। उनका अनुसार पोखरा महानगर वडा नम्बर १५ र १७ का कुकुरको बन्ध्याकरण गर्न लागिएको छ।

के हो रेबिज?

corrent noodles
Metro Mart

रेबिज एउटा प्राणघातक सरुवा रोग हो। जुन विशेष गरी कुकुरको टोकाइबाट सर्ने गर्दछ। विश्वमा हरेक वर्ष ५९ लाख मानिसको यसै कारण मृत्यु हुने गरेको छ। नेपालमा  रेबिजबाट बर्सेनि २ सय मानिसकाे ज्यान जाने गरेकाे तथ्यांक छ। यस्तै रेबिजका कारण धेरै चौपाया पनि मर्ने गरेका छन्। 

कुकुरहरुको संख्या कम गरी रेबिज नियन्त्रणका निम्ति पहिले कुकुरलाई विष खुवाइ मार्ने चलन थियो। अहिले यसरी कुकुरको हत्या गर्नेलाई कानुनबमोजिम ५ हजार जरिवानासहित कैद हुन सक्छ । 

तसर्थ कुकुर बिरालोको संख्यालाई मानवीय रुपमा कम गर्नको लागि बन्ध्याकरण मुख्य उपाय हो। हार्ट नेपालले विगत १० वर्षदेखि पोखरा, भरतपुर लगायत नेपालका विभिन्न ठाउँहरुमा पुगेर २२ हजारभन्दा धेरै कुकुरहरुको बन्ध्याकरण गरिसकेको छ।

हार्टले ३५ हजार भन्दा धेरै कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाइसकेको छ। 

प्रकाशित: Oct 12, 2020| 02:59 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।