शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो 

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो 

सुदूरपश्चिम प्रदेशमा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार ४६ पुगेको छ। 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशमा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार ४६ पुगेको छ। 

triton college

प्रदेशका ५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। जसमध्ये कैलालीका ६१ जना रहेका छन्। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ४६२ जनाको परीक्षणमा ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलाली, कञ्चनपुर र बैतडीका गरी ७७ जनामा संक्रमण पुष्टि भएको हो।

कैलालीको धनगढी उप-महानगरपालिकाका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उप–महानगरपालिकाको वडा नम्बर १ का १२ जना, वडा नम्बर ९ का ५ जना, वडा नम्बर २, ३ र ४ का ३÷३ जना, वडा नम्बर ५, ६, १५ र १६ का एक÷एक जना र  वडा नम्बर नखुलेका २ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए।

उनका अनुसार कैलालीकै लम्किचुहा नगरपालिकाका १० जना, टीकापुर नगरपालिकाका १० जना, गौरीगंगा नगरपालिका वडा नम्बर १ का चार जना, गोदावरी नगरपालिकाका तीन जना र भजनी नगरपालिका वडा नम्बर ५ का दुई जनामा कोरोना पुष्टि भएको छ। यस्तै, कञ्चनपुरको बेदकोट नगरपालिकाका सात जना, पुनर्वास नगरपालिका र भीमदत्त नगरपालिकाका चार÷चार जना र बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ का एक जनामा कोरोना पुष्टि भएको उनले बताए।

corrent noodles
Metro Mart

यसैगरी डडेल्धुरा अस्पताल प्रयोगशालामा २३४ जनाको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रयोशगालाका ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुका अनुसार  बैतडी र डोटीका गरी १० जनामा संक्रमण पुष्टि भएको हो। प्रयोशगालाका ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुका अनुसार बैतडीको सिगास गाउँपालिका वडा नम्बर ९ का दुई जना र डोटीको जोरायल गाउँपालिकाका आठ जनामा संक्रमण पुष्टि छ।

उता, डोटी जिल्ला अस्पतालको प्रयोगशालामा १०४ जनाको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको दिपायल सिलगढी नगरपालिकाका २ जना र अछामको मंगलसेन नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला अस्पताल बझाङ प्रयोगशालामा भएको परीक्षणमा ४ र अछामको कमलबजार नगरपालिकाले सञ्चालन गरेको प्रयोशगालामा एक जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित: Oct 11, 2020| 14:07 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।