बिहीबार, वैशाख १३, २०८१

कोरोना संक्रमितको एयरलिफ्ट गर्न मापदण्ड जारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड–१९ बिरामीलाई एयर लिफ्टिङ गर्ने सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको छ।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड–१९ बिरामीलाई एयर लिफ्टिङ गर्ने सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको छ। उक्त मापदण्ड गम्भीर प्रकृतिका कोभिडका बिरामीमा मात्र लागू हुने मन्त्रालयले जनाएको छ।  

triton college

गम्भीर प्रकृतिका कोरोनाका बिरामीको उपचारका लागि सुरक्षित रुपमा छिटो विमानमार्फत एयर लिफ्टिङ गर्नुपर्ने भएकाले मापदण्ड जारी गरिएको  मन्त्रालयले जनाएको छ। 

मापदण्ड अनुसार एयर लिफ्टिङका लागि नेपाली सेनाको हेलिकप्टरलाई प्राथमिकता दिइनेछ। मापदण्डमा उल्लेख गरिएअनुसार नेपाल सरकारको मातहतमा रहेको नेपाली सेनाबाट सञ्चालनमा आएका विमानलाई प्राथमिकता दिई मन्त्रालय र सेनाको समन्वयमा बिरामीलाई एयर लिफ्टिङ गर्ने व्यवस्था मिलाउनु पर्नेछ। 

एयर लिफ्टिङ गर्दा विमान (हवाईजहाज, हेलिकोप्टर, एयर एम्बुलेन्स) ले जनस्वास्थ्यका मापदण्ड अपनाई कोभिड–१९ बिरामीको ओसारपसार गर्नुपर्ने मन्त्रालयले जनाएको छ। एयर लिफ्टिङको लागि उपचाररत अस्पतालमा बिरामीको उपचार सम्भव नभएको भनी उपचाररत चिकित्सकले अनिवार्य रुपमा रिफर गरेको हुनुपर्ने छ।

साथै विमान अवतरण गर्ने स्थानबाट बिरामीलाई अस्पतालसम्म पुर्याउनका लागि मापदण्ड पूरा गरेका एम्बुलेन्सले गर्नुपर्ने मापदण्डमा उल्लेख छ। विमानमा एकजना मेडिकल अफिसर सहित कम्तीमा दुईजना स्वाथ्यकर्मी अनिवार्य हुनुपर्नेछ भने त्यसको व्यवस्था विमान कम्पनीले नै गर्नुपर्ने उल्लेख छ । 

corrent noodles
Metro Mart

एयर लिफ्टिङका लागि चार्टर गरेको विमानको भाडा बुकिङ गर्ने व्यक्ति वा संस्थाले भुक्तानी गर्नुपर्ने र विमान कम्पनीहरुले निश्चित तोकिएको शुल्कभन्दा बढी भाडा लिन नपाइने मापदण्डमा उल्लेख छ।
 

प्रकाशित: Oct 11, 2020| 12:34 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।