मंगलबार, वैशाख ११, २०८१

बाबुराम र उपेन्द्रको कार्यक्रममा प्रशासनको रोक !

कार्यक्रममा जसपाका नेता एवम् पूर्वप्रधामन्त्री बाबुराम भट्टराई र पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सहभागी हुन लागेको जसपा पर्साका अध्यक्ष रामनरेश यादवले बताए। 
 |  आइतबार, असोज २५, २०७७

जियालाल साह

जियालाल साह

आइतबार, असोज २५, २०७७

पर्सा– कोरोना महामारीलाई चुनौती दिँदै जनता समाजवादी पार्टीले सोमबार र मंगलबार पर्साका विभिन्न गाउँमा कार्यकर्ता भेला र पार्टी प्रवेश आयोजना गर्न लागेको छ। 

triton college

कार्यक्रममा जसपाका नेता एवम् पूर्वप्रधामन्त्री बाबुराम भट्टराई र पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सहभागी हुन लागेको जसपा पर्साका अध्यक्ष रामनरेश यादवले बताए। 

जिल्ला प्रशासन कार्यालयले भने महामारीका बेला जुनसुकै नेता आए पनि सभासम्मेलन गर्न नदिने स्पष्ट पारेको छ। 

भट्टराई र यादवको निर्देशनमा पर्साका विन्ध्यवासिनी, सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा २६ र २७ गते पार्टी प्रवेश कार्यक्रम गर्न लागिएको हो। 
स्थानीय बासिन्दाले यसको विरोध गरेका छन्। 

सखुवा प्रसौनी गाउँपालिकाको औराहामा कार्यक्रम गर्न सबै तयारी पूरा भएको गाउँपालिकाका–१ का अध्यक्ष विश्वनाथ पटवारी थारूले बताए।

corrent noodles
Metro Mart

नौ दिनअघि सोही वडामा कोरोना संक्रमणबाट ६० वर्षीय उत्तमकुमार चौधरीको मृत्यु भएको थियो। अहिले सोही टोलका तीन जना संक्रमितलाई कार्यक्रमस्थलको अर्कोपट्टि रहेको श्री भोलेशंकर निमाविको आइसोलेसनमा राखिएको छ। 

पार्टीको स्थानीय नेतृत्वसँग कार्यक्रम नगर्न पटकपटक आग्रह गर्दा सुनुवाइ भएपछि स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा कार्यक्रम स्थगनको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङले महामारीका बेला सरकारले दिएको मापदण्ड पालना गराउने र कुनै पनि सभासम्मेलन हुन नदिने बताएका छन्। उनले राष्ट्रिय नेता वा जोसुकै आए पनि सभासम्मेलन हुन नदिने स्पष्ट पारे। 

जसपाका जिल्ला अध्यक्ष यादवले भने कार्यक्रम तय भइसकेकाले स्थगन गर्न नसकिने बताए। 

संक्रमणको उच्च जोखिममा रहेको पर्सामा जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउँदै मेला लगाउन तथा पूजापाठमा रोक लगाएको छ। 

एक महिनाअघिसम्म कोरोना महामारी संक्रमणको हटस्पट बनेको वीरगन्जमा निषेध आदेश हटाएर अहिले खुकुलो बनाइएको छ।

निषेध आदेश हटाए पनि संक्रमितको संख्या कम भइसकेको छैन। 

प्रकाशित: Oct 11, 2020| 12:34 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।