बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • म्याद नाघेका खाद्य पदार्थमा रिलेबलिङ गर्ने बोथ्रालाई एक वर्ष कैद

म्याद नाघेका खाद्य पदार्थमा रिलेबलिङ गर्ने बोथ्रालाई एक वर्ष कैद

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयान डिष्ट्रिव्युटर्सका बिजनेश म्यानेजर रोनक बोथ्रालाई एक वर्ष जेलसजाय तोकेको छ। 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयान डिष्ट्रिव्युटर्सका बिजनेश म्यानेजर रोनक बोथ्रालाई एक वर्ष जेल सजाय ताकेको छ। 

triton college

विभागका महानिर्देशक नेत्र सुवेदीले शुक्रबार विशाल ग्रुप अन्तर्गतको आयान डिष्ट्रिव्युटरले म्याद नाघेका खाद्य सामाग्री रिलेवलिङ गरी बजार पठाएको सम्बन्धी मुद्दामा तत्काल प्राप्त प्रमाणको आधारमा सञ्चालक पुष्पा अग्रवाललाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएका छन् भने अन्यलाई पाँच लाख धरौटीमा रिहा गर्ने र फरार एक जनालाई वारेन्ट जारी गर्ने आदेश दिएका छन्। 

यद्यपि, पुष्पा र अन्य यसअघि नै रिहा भइसकेका थिए।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ४० बमोजिम महानिर्देशकले बढीमा एक वर्ष जेल वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै गर्न सक्ने अधिकार छ। सोही अधिकार प्रयोग गरेर विभागका महानिर्देशक सुवेदीले सो आदेश दिएका हुन्। 

सोही दफाको उपदफा २ बमोजिम महानिर्देशकले गरेको निर्णय उपर चित्त नबुझेमा सम्बन्धित पक्षले ३५ दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछन्। 

corrent noodles
Metro Mart

आयान डिष्ट्रिव्युटरको बाफल गोदाममा गत असोज १५ गते विभाग र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले छापा मारेको थियो। छापा मार्दा आयानका म्यानेजर बोथ्रा र अन्य कर्मचारीसहित ८ जनलाई रिलेवललिङ गर्दै गर्दा रंगेहात पक्राउ गरेको थियो। 

त्यसबेला स्नीकर चकलेट, ओरियो बिस्कुट, बोर्नभिटा, ट्याङ लगायतका म्याद नाघेका चार करोड रुपैयाँ बराबरको सामान जफत गरी नष्ट गरिएको थियो। 
 

म्याद गुज्रेेका अखाद्यवस्तु बजारमा पठाउने आयान र विशाल ग्रुपको यस्तो छ सम्बन्ध 

म्याद नाघेका खाद्यवस्तुमा नयाँ लेबल लगाएर बजारमा पठाउँदै विशाल ग्रुप, सीडीओ भन्छन्– बल्ल भेटेको ठूलो माछा छाडिन्न

म्याद नाघेका स्निकर्स,  प्रिंगल्स र बर्नभिटा जस्ता सामग्री बजार पठाउने अग्रवालसहित ८ जना रिहा

विशाल ग्रुपको वेबसाइट बन्द, कामदारका सोसल मिडिया अकाउन्ट डिएक्टिभ

प्रकाशित: Oct 11, 2020| 11:51 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्