काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्य समितिमा ४०० जना सदस्य थप गरेको छ।
तीन अध्यक्षको सहमतिमा आइतबार सदस्य थपिएको हो।
सचिवालय सदस्य राजाराम बर्तौलाका अनुसार पार्टी विधान र एकीकरण सम्बन्धी आधारपत्र बमोजिम सदस्य थप गरिएको हो।
राप्रपामा यसअघि ३२७ सदस्यीय केन्द्रीय कार्य समिति थियो।