बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • चाडपर्वको विशेष सुरक्षा योजनाः सुदूरपश्चिमभरी पाँच हजार ५० प्रहरी परिचालन 

चाडपर्वको विशेष सुरक्षा योजनाः सुदूरपश्चिमभरी पाँच हजार ५० प्रहरी परिचालन 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले आईतबारदेखि चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ। 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले आईतबारदेखि चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ। 

triton college

शान्तिसुरक्षाको भरपर्दो व्यवस्थापनका साथै अप्रिय घटना एवं दुर्घटनारहित मर्यादित चाडपर्वको लक्ष्यसहित दसैं, दिपावली र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाइएको प्रहरी कार्यालयले जनाएको छ।

सुरक्षा योजना मुताविक चाडपर्वको समयमा समाजमा हुने सामाजिक विकृतिदेखि समाजमा हुनसक्ने संभाव्य जघन्य अपराधसमेतको न्यूनिकरणका लागि छुट्टाछुट्टै विशेष टोली तयार गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

दसैं, दिपावली र छठ पर्वमा प्रदेश भरिको समग्र शान्तिसुरक्षा र सु–व्यवस्थाका लागि ५ हजार ५० जना प्रहरी कर्मचारी परिचालन  गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

प्रदेश भरि ७८ जना सादा पोशाकका प्रहरी कर्मचारी परिचालन गरिने छन्। बैंक तथा वित्तिय संस्था र सुनचाँदीको कारोबार हुने स्थानलाई लक्षित गरि प्रदेश भरि १३३ जना प्रहरी परिचालन हुनेछन्। 

corrent noodles
Metro Mart

त्यसैगरी दुर्घटना न्यूनिकरणका लागि २०८ जना प्रहरी कर्मचारी विभिन्न स्थानमा खटिने छन्। यात्रुलगायत समस्यामा परेका व्यक्तिको सहजिकरणका लागि ४० ठाउँमा हेल्प डेस्कको स्थापना गरिएको छ।

त्यसैगरि उपभोक्ताको हकहित संरक्षणका लागि स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउने रणनीति प्रदेश प्रहरी कार्यालयले लिएको छ।

कोभिड–१९ को संक्रमणको जोखिमलाई कम गर्न छुट्टै विशेष योजना बनाई कार्यान्वयन गरिने र चाडपर्वको समयमा अपनाउनुपर्ने सावधानी विषयक सचेतनामूलक कार्यक्रम पनि सुरक्षा योजनामा समावेस गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
 

प्रकाशित: Oct 11, 2020| 05:47 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।