काठमाडौं- चिकित्सक एवम् प्रबुद्ध नागरिक ९ जना डाक्टरले डा. केसीका मागप्रति गम्भीर बन्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन्।
सरकारले विभिन्न समयमा गरेका सम्झौता कार्यान्वयनको माग राखेर डा. केसीले १९औं पटक अनशन गर्नुपरेको स्मरण गराउँदै उनीहरुले सरकारलाई गम्भीर बन्न र प्रधानमन्त्रीलाई सकारात्मक हुन आग्रह गरेका हुन्।
डा. भरत प्रधान, डा. महेश मास्के, डा. चोपलाल भुसाल, डा. अर्जुन कार्की, डा. भगवान कोइराला, डा. सरोज धिताल, डा. अञ्जनीकुमार झा, डा. मुक्तिराम केसी र डा. केदारनरसिंह केसीले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर मोडमा पुगेको भन्दै सकारात्मक दृष्टिकोण राखी वार्ता निचोडमा पुर्याउने वातावरण बनाउन प्रधानमन्त्रीसँगआग्रह गरेका छन्।