बिहीबार, वैशाख १३, २०८१

वीरगंजमा सुरु भयो कोभिड-१९ सुरक्षित बहिरिङ्ग सेवा

राष्ट्रिय आविस्कार केन्द्र र सानो पाइलाको सहयोगमा नेपालमै पहिलो पटक कोभिड–१९ सुरक्षित बाहिरिङ्ग (ओपीडी) सेवा वीरगंजमा सुरु भएको छ।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

पर्सा- राष्ट्रिय आविस्कार केन्द्र र सानो पाइलाको सहयोगमा नेपालमै पहिलो पटक कोभिड–१९ सुरक्षित बाहिरिङ्ग (ओपीडी) सेवा वीरगंजमा सुरु भएको छ।

triton college

कोरोना अतिप्रभािवत वीरगंज जुनैसुकै बेला पनि संक्रमितको संख्या पुनः बढ्न सक्ने भएकाले कोभिड–१९ सुरक्षित बाहिरिङ्ग सेवा सुरुवात गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संजय ठाकुरले बताए। 

उपचारै नपाएर मृत्यु भएका दृष्टान्त दोहोरिन नदिन चिकित्सक र बिरामी सवैलाई सुरक्षित बनाउने उद्देश्यले राष्ट्रिय आविस्कार केन्द्र र सानो पाइलाको सहकार्यमा कोभिड–१९ सुरक्षित बहिरिङ्ग सेवा सुरु गरिएको मेडिकल सुपरिटेन्डेन्ट ठाकुरको भनाइ छ। 

सानो पाईला नामक संस्थाको ९ लाख २५ हजार रुपैयाँ सहयोगमा स्केनिङ्ग कोठा, फिबर क्लिनिक र  चिकित्सक सेफ्टी रुमबाटै माईकमार्फत् कुराकानी गर्न सकिने गरी कोभिड १९ सुरक्षित बाहिरिङ्ग सेवा स्थापना गरिएको हो। 

राष्ट्रिय आविस्कार केन्द्रले डिजाईन गरेको सुरक्षित बहिरिङ्ग सेवालाई अझै सुरक्षित रुपमा सुचारु गर्न स्पेशल मास्कलगायत सुरक्षित सामग्रीहरु उपलब्ध गराई सेवा सुरु गरिएको केन्द्रका प्रमुख एवम् वैज्ञानिक महावीर पुनले बताए। 

corrent noodles
Metro Mart

‘कोरोना महामारीको लडाईमा चिकित्सकहरु प्रमुख लडाकु हुन् उहाँहरुले सुरक्षित भएर सेवा गर्नुपर्ने छ हामी सुरक्षाका मापदण्डहरु बनाउन सक्छौँ। अमेरिका, क्यानडाजस्ता मुलुकमा प्रयोग भईरहेका समाग्रीहरु हामीले बनाएर सहयोग गरेका छौँ।’ पुनले भने।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तमाङले नारायणी अस्पताल ओपीडी सेवादेखि कोभिड अस्पतालसम्म सञ्चालन गर्न सक्नेगरी तयार रहन सक्नुपर्ने बताए। यता नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जाराले दाताहरुले गरेको सहयोग जोगाउन आग्रह गरेका थिए। 

प्रकाशित: Oct 10, 2020| 12:45 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।