बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको निःशुल्क स्वास्थ्य शिविर जारी

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको निःशुल्क स्वास्थ्य शिविर जारी

प्रत्येक शनिवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान कोभिड–१९ क्वीक रेस्पोन्स टिमले पाँचौ साता पनि निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिएको छ। 
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

जनकपुरधाम- प्रत्येक शनिवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान कोभिड–१९ क्वीक रेस्पोन्स टिमले पाँचौ साता पनि निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिएको छ। 

triton college

कोरोना महामारीको समयमा अन्य रोगका बिरामीहरु उपचारबाट बञ्चित भइरहेको समयमा प्रतिष्ठानले सर्वसाधारणलाई विभिन्न सहयोग तथा परामर्शका लागि प्रत्येक शनिबार अलगअलग स्थानमा स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको छ। प्रतिष्ठानले आज धनुषाको धनौजी गाउँपालिका ४ बहुअर्वास्थित वासुदेव माविमा पाँचौ साताको  स्वास्थ्य शिविरको आयोजना गरेको हो। 

निःशुल्क स्वास्थ्य शिविरमा ६ सयभन्दा बढी बिरामीलाई उपचार गरिएको कोभिड १९ क्वीक रेस्पोन्स टिमका सदस्य जिवनाथ चौधरीले जानकारी दिए। स्वास्थ्य शिविरमा विभिन्न रोगका बिरामीहरुलाई उपचार गरिएको उनले बताए।

बिरामीलाई चेकजाँच गर्नुका साथै औषधिसमेत निःशुल्क उपलब्ध गराइएको थियो। निःशुल्क स्वास्थ्य शिविरलाई थप प्रभावकारी बनाउन सोही स्थानमा ल्याबको समेत व्यवस्था गरिएको थियो। उपचार गराउन आएका विरामीहरूलाई निःशुल्क मास्कसमेत वितरण गरिएको थियो।

प्रकाशित: Oct 10, 2020| 12:16 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।