काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ संक्रमित थपिएका छन्।
जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा २ हजार १००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौंमा दैनिक रुपमा कोरोना सक्रमितको दर बढिरहेको छ। आज देशभर ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या हालसम्मकै उच्च संख्या हो।