काठमाडौं- कोरोना भाइरस संक्रमित व्यक्ति आइसोलेसनमा नबसेर काममा निस्कन थालेपछि उपत्यकामा कोरोना भाइरस संक्रमण दर तीव्र रुपमा फैलिएको छ।
एक साता अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं,, ललितपुर र भक्तपुरमा गरी १२ हजार ४५२ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
आइतबारदेखि शनिबारसम्म देशभरमा २१ हजार ११७ जनामा कोरोना भाइरस संक्रमण भएको थियो। एक सातामा उपत्यकाबाहेक ७४ जिल्लामा संक्रमित हुनेको संख्या आठ हजार ६६५ रहेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले भने, काठमाडौंका सर्वसाधारणले स्वास्थ्य जोखिमलाई ख्याल गरेको पाइएन। संक्रमित व्यक्ति पनि लक्षण देखिएन भनेर काममा हिँड्न थालेका छन्। सुरक्षाकर्मीमा पनि यस्तो समस्या देखिएको उनले बताए।
लकडाउनपछि उपत्यका भित्रिनेको व्यवस्थापन गर्न नसक्दा पनि संक्रमण बढिरहेको उनको भनाइ छ।
पाण्डेले भने, 'लकडाउन खुलेपछि राजधानी भित्रने धेरै भए। तर उनीहरुको व्यवस्थापन हुन सकेन। त्यसैले संक्रमण बढिरहेको छ।'
उनले सरकारी आदेश अवज्ञा गरेर जथाभाबी घरबाहिर निस्कँदा पनि कोरोना जोखिम बढ्दै गएको बताए।
त्यसो त राजधानीबाहिरभन्दा उपत्यकामा परीक्षणको दायरा बढाइएको उनको भनाइ छ।
एक सातामा कुन दिन कति संक्रमित?
आज (२४ गते)
देशभर संक्रमित : ५००८
काठमाडौं उपत्यकामा संक्रमित : २६७२
२३ गते
देशभर संक्रमित : २०५९
काठमाडौं उपत्यकामा संक्रमित : १४०९
२२ गते
देशभर संक्रमित : ४३६४
काठमाडौं उपत्यकामा संक्रमित : २५४०
२१ गते
देरभर संक्रमित : ३४३९
काठमाडौं उपत्यकामा संक्रमित : १६८४
२० गते
देशभर संक्रमित : १५५१
काठमाडौं उपत्यकामा संक्रमित : १०१७
१९ गते
देशभर संक्रमित : २४४०
काठमाडौं उपत्यकामा संक्रमित : १५३१
१८ गते
देशभर संक्रमित : २२५६
काठमाडौं उपत्यकामा संक्रमित : १५९९