बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘शिक्षामन्त्री डा. केसीको ज्यान जाओस् भन्ने चाहन्छन्, प्रधानमन्त्रीले पनि जिम्मेवारी देखाएनन्’

‘शिक्षामन्त्री डा. केसीको ज्यान जाओस् भन्ने चाहन्छन्, प्रधानमन्त्रीले पनि जिम्मेवारी देखाएनन्’

वार्ता निष्कर्षविहीन भएपछि संयोजक डा. क्षेत्रीले सरकारले छलछाममात्र गरेर नतिजामुखी वार्ता नगरेको आरोप लगाए।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडाैं- चिकित्सा शिक्षासँग जोडिएका विभिन्न माग राखेर २६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको अनशन तोडाउन निर्णायक भनिएको वार्ता बिना निष्कर्ष टुंगिएको छ।

triton college

सरकारले गठन गरेको वार्ता समिति र डा. केसीको वार्ता टोलीबीच शुक्रबार राति ९ बजेदेखि शिक्षा मन्त्रालयमा वार्तामा सहमति जुट्न नसकेको केसी पक्षका वार्ता संयोजक डा. जीवन क्षेत्रीले जानकारी दिए।

आजै सहमति गर्ने र राति नै डा. केसीको अनशन तोडाउने तयारी थियो।

बिहीबार पनि विभिन्न चरणमा वार्ता भएको थियो। सरकारले शिक्षा सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ भने डा. केसीको तर्फबाट क्षेत्रीको संयाेजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको छ।

वार्ता निष्कर्षविहीन भएपछि संयोजक डा. क्षेत्रीले सरकारले छलछाममात्र गरेर नतिजामुखी वार्ता नगरेको आरोप लगाए। ‘वार्ता लम्ब्याएर सरकार डा. केसीको ज्यान जोखिममा पार्न चाहन्छ। अब थप सशक्त आन्दोलनको विकल्प छैन,’ उनले भने।

corrent noodles
Metro Mart

वार्तामा बोलाएर सरकारी पक्ष आफैंले गरेको समझदारीबाट पछि हटेको बताउँदै क्षेत्रीले बिहीबार भइसकेको सहमतिमा पनि सरकारी पक्षले हस्ताक्षर गर्न नमानेको बताए।

‘गृहकार्य गर्नुपर्छ भन्दै सरकारी पक्ष पछि हट्यो। शिक्षामन्त्रीसँग सम्पर्क नै हुन सकेन भनियो। वास्तवमा शिक्षामन्त्रीले गोविन्द केसीप्रति दुराशय राखेका छन्। आफ्नै वार्ता टोलीसँग सम्पर्कविहीन भएर बसे। उनको फोन नै अफ थियो भन्ने कुरा छ। डा. केसीको ज्यान  जाओस् भन्ने चाहेको देखियो शिक्षामन्त्रीले। प्रधानमन्त्रीले पनि जिम्मेवारी देखाएनन्,’ क्षेत्रीले भने। 

क्षेत्रीले आफूहरु तत्काल वार्ता हुने आशामा नरहेको तर वार्तामा बस्न सधैं तयार रहेको बताए। 
 

प्रकाशित: Oct 09, 2020| 17:32 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।