बिहीबार, वैशाख १३, २०८१

प्रदेश १ : कोरोना संक्रमितको संख्या नौ हजार ३४१ पुग्यो

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४८५ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो। यो सहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या नौ हजार ३४१ पुगेको छ।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४८५ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो। यो सहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या नौ हजार ३४१ पुगेको छ। 

triton college

आज मोरङमा २३०, सुनसरीमा १४३, झापामा ३३, इलाममा १०, धनकुटामा सात, संखुवासभामा ६, उदयपुरमा पाँच, भोजपुर र ताप्लेजुङमा चार–चार, खोटाङमा दुई, तेह्रथुम र ओखलढुङ्गामा एकएक र प्रदेश १ बाहिरका ३९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार विराटनगरमा १५२ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५१ महिला र १०१ पुरुष छन्। 

मोरङको सुन्दहरैँचामा चार महिला र १४ पुरुष, जहदामा तीन महिला र ११ पुरुष, बूढीगंगामा ६ महिला र सात पुरुष, कानेपोखरीमा दुई महिला र सात पुरुष, ग्रामथानमा एक महिला र ६ पुरुष संक्रमित भएका छन्। 

मोरङकै कटहरीमा तीन महिला र तीन पुरुष, रतुवामाईमा एक महिला र दुई पुरुष, पथरीशनिश्चरे र उर्लाबारीमा दुई–दुई पुरुष, बेलबारीमा एक महिला र एक पुरुष, लेटाङमा एक महिला र स्थानीय तह नखुलेका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। 

corrent noodles
Metro Mart

सुनसरीको धरानमा २७ महिला ३३ पुरुष, इटहरीमा २४ महिला ३५ पुरुष, इनरुवामा दुई महिला र चार पुरुष, हरिनगरमा तीन पुरुष, गढी, दुहवी र बर्जुमा दुई–दुई पुरुष, बराहक्षेत्रमा एक महिला र एक पुरुष, देवानगन्जमा दुई महिला, भोक्राहा नरसिंहमा एक पुरुष र स्थानीय तह नखुलेका चार पुरुष छन्।

झापाको भद्रपुरमा एक महिला र १४ पुरुष, मेचीनगरमा चार महिला र तीन पुरुष, दमक र बिर्तामोडमा चार–चार पुरुष, गौरीगन्ज, कनकाई र स्थानीय तह नखुलेका एक–एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

इलामको इलाम नगरपालिकामा सात पुरुष, सूर्योदय, चुलाचुली र स्थानीय तह नखुलेका एक–एक पुरुष संक्रमित भएका छन्। 

धनकुटाको धनकुटा नगरपालिकामा एक महिला र पाँच पुरुष, महालक्ष्मीमा एक पुरुष संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

संखुवासभाको सभापोखरीमा दुई पुरुष, खाँदबारीमा एक पुरुष, चैनपुरमा एक महिला र स्थानीय तह नखुलेका दुई पुरुष संक्रमित भएका छन्। 

उदयपुरको त्रियुगामा दुई पुरुष, कटारीमा एक पुरुष, स्थानीय तह नखुलेका दुई पुरुष तथा भोजपुरको भोजपुर र आमचोकमा एकएक पुरुष, टेम्केमैयुङमा एक महिला र स्थानीय तह नखुलेका एक पुरुषमा कोरोना भाइरस संक्रमण भएको छ।

ताप्लेजुङमा एक महिला र तीन पुरुष, खोटाङको दिक्तेलरुपाकोट मझुवागढी र स्थानीय तह नखुलेका एकएक पुरुष, तेह्रथुमको लालीगुराँसमा एक पुरुष, ओखलढुंगाको चिशंखुगढीमा एक पुरुष र प्रदेश एक बाहिरका ११ महिला २८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शुक्रबार ११३ जना डिस्चार्ज भएका छन्। हालसम्म चार हजार ७७४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शुक्रबार दुई हजार ४४३ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १४९ महिला ३३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। 

हालसम्म एक लाख ३४ हजार ७७३ जनाको परीक्षण गरीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: Oct 09, 2020| 13:48 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।