बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रत्येक जिल्लामा पीसीआर मेसिन जडान गर्ने प्रदेश २ सरकारको तयारी

प्रत्येक जिल्लामा पीसीआर मेसिन जडान गर्ने प्रदेश २ सरकारको तयारी

प्रदेश २ सरकारले प्रत्येक जिल्लामा पीसीआर मेसिन तथा आइसीयुसहितको भेन्टिलेटर जडान गर्ने तयारी थालेको छ। 
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

जनकपुरधाम- प्रदेश २ सरकारले प्रत्येक जिल्लामा पीसीआर मेसिन तथा आइसीयुसहितको भेन्टिलेटर जडान गर्ने तयारी थालेको छ। 

triton college

यसअघि प्रदेश सरकारकै लगानीमा जनकपुररधामस्थित प्रादेशिक अस्पताल, सप्तरीको राजविराज र रौतहटको गौरमा पीसीआर मेसिन जडान गरिसकेको छ।

वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा संघीय सरकारले नै पीसीआर मेसिन जडान गराउन लगाएको थियो। एक–दुई हप्तामै बाँकी जिल्लाहरुमा पीसीआर मेसिन जडान गरिने सामाजिक विकास मन्त्रालय प्रदेश २ अन्तर्गत रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोद कुमार यादवले जानकारी दिए।

यसका अतिरिक्त प्रदेशको स्वामित्वमा रहेको आठवटै जिल्लाका अस्पतालहरुमा आइसीयु सेटअप सहितको भेन्टिलेटर जडान गर्ने तयारीसमेत गरिएको उनले जानकारी दिए। केन्द्रका निर्देशक यादवले भने ‘भेन्टिलेटर अभावलाई ध्यानमा राखेर प्रत्येक जिल्लामा ३/३ वटा भेन्टिलेटर जडान गर्ने तयारी गरिएको छ, एकदुई हप्तामै जडान गर्ने कार्य सम्पन्न हुनेछ।’

निर्देशक यादवका अनुसार गत आर्थिक वर्षमै भेन्टिलेटर खरिद गर्ने तयारी गरिएको थियो तर प्रकृया नमिलेर भेन्टिलेटर खरिद गर्ने प्रक्रिया पुरा हुन सकेन। उनले भने ‘१५० शैय्याको आइसीयु सहितको भेन्टिलेटर सेटअपसम्मका लागि ४० करोड खर्च गर्ने भनेको थियो तर प्रकृया पूरा हुन सकेन।’

corrent noodles
Metro Mart

स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार

यता कोरोनाको संक्रमण नियन्त्रण, रोकथामका लागि जडान गरिएका पीसीआर मेसिनमा बजार मूल्यभन्दा बढी खर्च गरिएको पाइएको छ।

जनकपुरधामको प्रादेशिक अस्पताल, सप्तरीको राजविराज र रौतहटको गौरमा कोरोना परीक्षणका लागि पीसीआर मेसिन लगायत विभिन्न १४ थान उपकरण खरिदमा बजार मूल्यभन्दा बढी मूल्य खर्चिएको पाइएको छ। 

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत् आरडीटी–पीसीआरसँग सम्बन्धित उपकरण खरिदमा बजार मूल्यभन्दा बढी मूल्य २ करोड ८२ लाख १६ हजार १०० रुपैयाँमा खरिद गरिएको छ। तर, सोही मेसिन र उपकरण २ करोड ६९ लाख ९५ हजार ७ सय रुपैयाँमा उपलब्ध गराउन तयार फर्मको बोलपत्र रद्ध गरिएकोसमेत पाइएको छ। 

पछिल्लो पटक रौतहटस्थित गौरमा जडान गरिएको पीसीआर मेसिन एन्ड एक्स्ट्र्याक्सन लगायतका स्वास्थ्य सामग्री खरिदमा समेत कम मूल्यको कम्पनीलाई पन्छाएर बढी मूल्य पर्ने कम्पनीसँग मेसिन खरिद गरिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरधामले झन्डै २१ लाख बढी पर्ने कम्पनीसँग सम्झौता गरेर मेसिन खरिद गरेको थियो। 

आपूर्ति व्यवस्थापन केन्द्रले साउन २९ मा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियन्त्रण २०६४ को नियम १४५ बमोजिम विशेष परिस्थितिमा खरिद हुनेसम्बन्धी व्यवस्था अनुरुप औजार उपकरण खरिदका लागि सातदिने सूचना प्रकाशन गरेको थियो। 

केन्द्रका निर्देशक डा. यादवले पीसीआर मेसिन अभाव विश्वभरी नै रहेको समयमा खरिद गरिएकोले मूल्य महँगो परेको स्पष्ट पारे।

प्रकाशित: Oct 09, 2020| 13:00 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।