शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री भन्छन्– ‘नेपालमा कोरोना पूर्ण नियन्त्रण गर्ने काममा केन्द्रित छौं’

प्रधानमन्त्री भन्छन्– ‘नेपालमा कोरोना पूर्ण नियन्त्रण गर्ने काममा केन्द्रित छौं’

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले यसको पूर्ण नियन्त्रणको काममा सरकार केन्द्रित रहेको दाबी गरेका छन्।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले यसको पूर्ण नियन्त्रणको काममा सरकार केन्द्रित रहेको दाबी गरेका छन्।

triton college

एनआरएन विश्व ज्ञान सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्रीले नियन्त्रणका प्रयास जारी रहेको बताएका हुन्।

‘न्यूनीकरण गर्ने र पूर्ण रुपमा नियन्त्रण गर्ने काममा लागेका छौं,’ उनले भने,‘सबैभन्दा महत्वपूर्ण कुुरा भनेको जनताको जीवन रक्षा गर्ने हो।’

रोगका कारणले नेपालीले ज्यान गुमाउन नपरोस भनेर जनताको जीवन रक्षामा केन्द्रित भए पनि कतिपय प्रयास सफल हुन नसकेको उनले बताए।    

‘अहिले कोभिडका कारण आर्थिक बृद्धिदरमा ठूलो धक्का लागेको छ,’ उनले भने,‘माथि उठ्नै नसक्ने हिसाबमा भने पुगेका छैनौं। हामीले लिएको सम्बृद्ध नेपाल र सुखी नेपालीको अभियान साकार पार्न प्रयासरत छौं।’

corrent noodles
Metro Mart

उनले अहिले संक्रमण उच्च दरमा पुगे पनि यसले दिर्घकालसम्म असर गर्न नसक्ने बताए।

‘अहिले कोभिड–१९ को सम्बन्धमा विभिन्न चिकित्सा पद्धतिको मद्वत लिइरहेका छौं,’ उनले भने,‘ सामाना गर्नेछौं।परम्परागत आयुर्वेदिक औषधिको पक्षलाई अगाडि बढाउन सकिरहेका छैनौं। त्यसलाई बढाउनुपर्ने देखिन्छ। जनतासम्म जानकारी पुग्न सकेको छैन।’

नेपाली भान्सामा अस्पताल रहेको चर्चा दोहोर्‍याउने गरेका उनले नेपालीका भान्समा औषधीय गुण भएका वस्तु रहेको र प्रयोगको प्रचलन पनि बढ्दै गएको बताए। 

‘हामीले लामो समय लोकतन्त्रका लागि आन्दोलन गर्‍यौं। अब विकास निर्माणमा केन्द्रीत छौं,’ उनले भने, ‘मुलुकलाई भ्रष्टाचाररहित बनाउन सरकार लागि रहेको छ।’ 

गैर आवासीय नेपालीलाई आशावादी भएर अगाडि बढ्न आग्रह गर्दैै प्रधानमन्त्री ओलीले एनआरएनसँग आफ्नो नजिकको सम्बन्ध रहँदै आएको र सरकार सहकार्यका माध्यमबाट अघि बढ्न चाहेको बताए। 

‘साथीहरुले एनआरएनको निर्वाचन लगायतमा राजनीतिक दलहरुको अनावश्यक हस्तक्षेपका नभइदिओस भन्ने चाहना व्यक्त गर्नुभयो,’ उनले भने,‘यसमा मेरो पनि ध्यानाकर्षण भएको छ। राजनीतिक हस्तक्षेप हुन हुँदैन।’

एनआरएनले नागरिकता, परिचयपत्र लगायतका मागहरु राख्दै आएको सन्दर्भमा ती मागहरु छिट्टै कार्यान्वयनको बाटो अघि बढ्ने पनि उनले वाचा गरे। भने, ‘कानुनी व्यवस्था भइसकेका छन्। त्यसमा तलमाथि हुँदैन।’ 
 

प्रकाशित: Oct 09, 2020| 12:29 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।