शुक्रबार, वैशाख १४, २०८१

कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ५८२ पुग्यो

मोरङको विराटनगर, सुनसरीको धरान, धनुषाको जनकपुर र रुपन्देहीको बुटवलमा एक/एक जना गरेर थप ४ जनाको मृत्यु भएको हो । यो सँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ८२ पुगेको छ । 
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट बुधबार बेलुका र बिहीबार बिहान थप ४ जनाको मृत्यु भएको छ । 

triton college

मोरङको विराटनगर, सुनसरीको धरान, धनुषाको जनकपुर र रुपन्देहीको बुटवलमा एक/एक जना गरेर थप ४ जनाको मृत्यु भएको हो । यो सँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ८२ पुगेको छ । 

बुधबार अपरान्ह कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालय जनाएको थियो । हिजो मात्रै १५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । 

मोरङको विराटनगर महानगरपालिका-५ मा एक कोरोना संक्रमित पुरुषको होम आइसोलेशनमा मृत्यु भएको छ । संक्रमणपछि घरमै बसेको ८२ वर्षीय वृद्धको आज बिहान ६ः३० बजेतिर मृत्यु भएको हो । 

यस्तै सुनसरीको धरान-१० घर भएका ३९ वर्षीय युवाको पनि आजै कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

corrent noodles
Metro Mart

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको आज बिहान ४ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिएका छन् । 

असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी भोलिपल्ट अस्पताल भर्ना भएका थिए । 

यस्तै कोरोनाबाट धनुषाको शहिदनगर नगरपालिकामा एक ७० वर्षीय पुरुषको मृत्यु भएको छ । 

प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा उनको बुधवार साँझ मृत्यु भएको हो।  उनी असोज २० गते अस्पताल भर्ना भएका थिए । 

त्यस्तै बुटवल उपमहानगरपालिका वडा नं ६ का ४७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत उनको बुधबार साँझ मृत्यु भएको हो ।

प्रकाशित: Oct 08, 2020| 05:55 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।