काठमाडौं- सरकारी वार्ता टोली र सत्याग्रही डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु भएको छ।
दुई पक्षबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो।
चौतर्फी दबाबपछि बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा सरकारले तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो।
डा केसीको तर्फबाट वार्ता टोलीको नेतृत्व डा जीवन क्षेत्रीले गरेका छन्।