शनिबार, वैशाख ८, २०८१

सक्रिय संक्रमित २५ हजार नाघे, लकडाउनको के छ तयारी ?

काठमाडौं उपत्यकामा संक्रमण तीब्र गतिमा फैलिएको छ । बुधबार मात्रै काठमाडौँ उपत्यकामा मात्रै थप १ हजार ६८४ सङ्क्रमित थपिएका छन् ।
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं- बुधबार एकै दिनमा ३ हजार ४३९ जना संक्रमित थपिएसँगै नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।

triton college

१४ हजार २०९ नमूना परीक्षण हुँदा त्यसमध्ये २४.२० प्रतिशतमा संक्रमण पुष्टि भएको हो । परिक्षण गरिएका मध्ये १२ प्रतिशतभन्दा बढीमा संक्रमण देखिनुलाई जोखिमपूर्ण मानिन्छ । 

अझै काठमाडौं उपत्यकामा संक्रमण तीब्र गतिमा फैलिएको छ । बुधबार मात्रै काठमाडौँ उपत्यकामा थप १ हजार ६८४ संक्रमित थपिएका छन् । 

उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा एक हजार २९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ रहेका छन् । 

देशभर सक्रिय सङ्क्रमितमध्ये १० हजार ५९६ संस्थागत आइसोलेसन र १४ हजार ४११ होम आइसोलेसनमा रहेका छन् । 

corrent noodles
Metro Mart

देशभरमा गरी २३३ सङ्क्रमित आइसियुमा रहेका छन् भने भेन्टिलेटरमा ३७ जना बिरामी उपचाररत छन् । 

स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगेपछि सरकारले लकडाउन गर्न सक्ने जनाएको थियो । तर, सक्रिय संक्रमितको संख्या २५ हजार पुगे पनि तत्कालै लकडाउन वा निषेधआदेश नगर्ने सरकारको तयारी छ । 

यस विषयमा धारणा सार्वजनि गत शुक्रबार गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले लकडाउनको विकल्प खोज्ने बताएका थिए । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) का पदाधिकारीहरुसँगको भेटमा मन्त्री ढकालले कोरोना नियन्त्रणका लागि वैकल्पिक उपाय अबलम्बन गर्ने बताएका हुन् ।

स्वास्थ्य मन्त्रीले मात्रै हाेइन सरकारका प्रवत्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि तत्काल लकडाउन नगर्ने संकेत गरेका छन् ।  उनले बुधबार मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा उनले देशैभर लकडाउन नगर्ने बताएका हुन् । 

तर, काठमाडौं उपत्यकामा जोखिम उच्च भएको भन्दै सतर्क रहन उनले आग्रह गरेका छन् ।  मुलुकको अन्य भूभागमा कोरोनाको प्रकोप विस्तारै नियन्त्रणउन्मुख हुँदै गए पनि काठमाडौँ उपत्यका अझै पनि उच्च जोखिम कायम रहेको मन्त्री ज्ञवालीले बताए । 

मन्त्री ज्ञवालीले काठमाडौँवासीलाई आफूले सेवा दिँदा वा लिँदा, व्यवसाय सञ्चालन गर्दा वा सहयोग पुर्‍याउँदा, सार्वजनिक यातायात वा निजी सवारीसाधनमा हिँडडुल गर्दा तथा अन्य कुनै प्रकारको गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन अपिल गरेका छन् । 

विज्ञहरुले भने काठमाडौं उपत्यकामा पुनः निषेधआदेश जारी गरेर चहलपहल रोक्नु पर्नेमा जोड दिएका छन् । दशैंमा हुने चहलपहलले झनै जोखिम बढाउने भएकाले सतर्कताको बाटो अपनाउन उनीहरुले आग्रह गरेका छन् । 

प्रकाशित: Oct 08, 2020| 01:15 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।