शनिबार, वैशाख ८, २०८१

कोरोना संकटका बेला विश्वका ठूला १० दानवीर

ट्विटरका सीईओ ज्याक डोरोसीले राहतका प्रयास र अन्य कामका लागि १०० करोड अमेरिकी डलर दान दिने घोषणा गरेका छन्। यो उनको सम्पत्तिको करिब २१.७४ प्रतिशत हो।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

ज्याक डोरोसी, क्यालिफोर्निया

triton college

ट्विटरका सीईओ ज्याक डोरोसीले राहतका प्रयास र अन्य कामका लागि १०० करोड अमेरिकी डलर दान दिने घोषणा गरेका छन्। यो उनको सम्पत्तिको करिब २१.७४ प्रतिशत हो।

बिल गेट्स मेलिन्डा गेट्स, वासिङटन

धेरै वर्षदेखि विश्वका सबैभन्दा धनाढ्यमा गनिएका बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले ३०.५ करोड डलर दान दिएका छन्। यो उनीहरुको सम्पत्तिको ०.२८ प्रतिशत हो। यो रकम उपचार र भ्याक्सिनको विकासमा खर्च हुनेछ। 

corrent noodles
Metro Mart

अजीम प्रेमजी, बेंगलोर

भारतीय कारोबारी अजीम प्रेमजीले मानवीय सहायता र स्वास्थ्य सेवाका लागि १३.२ करोड डलर दान दिने घोषणा गरेका छन्। यो उनको कुल सम्पपत्तिको करिब २१.७४ प्रतिशत हो। 

जर्ज सोरोस, न्यूयोर्क

सबैभन्दा धेरै खतराको सामना गर्ने जनसंख्या र कम आय भएका मजदूरको सहायताका लागि जर्ज सोरोसले १३ करोड डलर रकम दान दिएका छन्। यो उनको सम्पत्तिको करिब १.५७ प्रतिशत हो।

एन्ड्रूयू फरेस्ट, पर्थ

अष्ट्रेलियाका एन्ड्र्यू फरेस्टले उपचार र परीक्षणको विकासका लागि १० करोड डलर दानमा दिएका छन्। यो उनको कुल सम्पत्तिको करिब १.६४ प्रतिशत हो। 

जेफ स्कोल, क्यालिफोर्निया

कोरोना संकटमा भोक मेट्ने समस्यासँग लडिरहेका मानिसहरुको मद्दतका लागि जेफ स्कलले १० करोड डलर दान दिएका छन्। यो उनको सम्पत्तिको करिब १.९२ प्रतिशत हो। 

जेफ बेजोस, वासिङ्टन

विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा सामेल अमेजनका प्रमुख जेफ बेजोसले कोरोना संंकटका बेला मानिसहरुलाई भोकमरीबाट जोगाउन १० करोड डलर दान दिएका छन्। यो उनको कुल सम्पत्तिको ०.०७ प्रतिशत हो।

माइकल डेल, अस्टिन, टेक्सस

अमेरिकी कारोबारी माइकल डेलले भ्याक्सिनको विकास र कोरोनाविरुद्धका अन्य कार्यका लागि १० करोड डलर दान दिएका छन्। यो उनको कुल सम्पत्तिको करिब ०.३५ प्रतिशत हो। 

माइकल ब्लुमबर्ग, न्यूयोर्क

विकासशील देशमा कोरोनाबाट राहतका उपाय र अन्य कामका लागि ब्लूमबर्गले ७.४५ करोड डलर रकम दान दिएका छन्। यो उनको कुल सम्पत्तिको करिब ०.१३ प्रतिशत हो। 

अमासियो अर्टेगा, ला कोरुना, स्पेन

फेशन ब्राण्ड जाराका मालिक अमासियोले मेडिकल सप्लाई र उपकरणहरु खरिदका लागि ६.८ करोड डलर दान दिएका छन्। यो रकम उनको कुल सम्पत्तिको ०.११ प्रतिशत हो। x

प्रकाशित: Oct 07, 2020| 13:27 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।