शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जिनोम एडिटिङको तरिका पत्ता लगाउने दुई वैज्ञानिकलाई

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जिनोम एडिटिङको तरिका पत्ता लगाउने दुई वैज्ञानिकलाई

यो नयाँ तरिकाका कारण क्यान्सरको उपचारमा सहयोग पुगेको छ र आनुवांशिक रोगको उपचार सम्भव हुन थालेको छ। 
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं- यस वर्षको रसायनाशास्त्रतर्फको नोबेल पुरस्कार इमानुएले शारपेन्टियर र जेनिफर ए डुडनाले पाउने भएका छन्। जिनोम एडिटिङको तरिका पत्ता लगाएवापत उनीहरुले यो पुरस्कार पाउने भएका हुन्। 

triton college

सन् २०१२ मा शारपेन्टियर र डुडनाले सीआरआईएसपीआर/सीएएस ९ जेनेटिक सिजरको खोजी गरेका थिए। यसपछि ठूलो मात्रामा जिनोम एडिटिङ हुन थाल्यो। यो खोजपछि लाइफ साइन्स नयाँ उँचाईमा पुगेको र मानवतामा ठूलो फाइदा पुगेको नोबेल कमिटीले जनाएको छ। 

यसको सहयोगमा अनुसन्धानकर्ताले जीवको डीएनए अतिसुक्ष्मतरिकाले परिवर्तन गर्न सक्छन्। यो नयाँ तरिकाका कारण क्यान्सरको उपचारमा सहयोग पुगेको छ र आनुवांशिक रोगको उपचार सम्भव हुन थालेको छ। 

यसअघि लिथियम आयन ब्याट्रि बनाउने जोन गुजेनाफ, एम स्ट्यानली र अकिरा योसिनोले रसायनशास्त्रतर्फको नोबेल पाएका थिए। 

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार हालसम्म कुल १११ पटक दिइएको छ भने पुरस्कार पाउनेको संख्या १८३ छ। 

corrent noodles
Metro Mart

डायनामाइटको आविस्कार गर्ने वैज्ञानिक अल्फ्रेड नोबेलको सम्पत्तिबाट यो पुरस्कार दिइन्छ। अल्फ्रेड नोबेलले आफ्नो सम्पत्तिको अधिकांश हिस्साबाट पुरस्कार कोष स्थापना गरेका थिए। 

विश्वको सबैभन्दा प्रतिस्ठित पुरस्कार मानिने नोबेल विजेताले ११ लाख अमेरिकी डलर प्राप्त गर्छन्। 
 

प्रकाशित: Oct 07, 2020| 11:03 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।