काठमाडाैं- कलाकार हरिवंश आचार्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।
कोरोनाको सामान्य लक्षण देखिएकाले सोमबार परीक्षण गराउँदा श्रीमती रमिलाको र आफ्नो दुवैजनाको कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी गराएका छन्।
अहिले आफूहरु होम आइसोलेसनमा रहेको र दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले जनाएका छन् ।