शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ई-सेवा मनी ट्रान्स्फरको ‘दसैं तिहार भर, सयको अफर’ योजना

ई-सेवा मनी ट्रान्स्फरको ‘दसैं तिहार भर, सयको अफर’ योजना

 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

काठमाडौं- ई-सेवा मनी ट्रान्स्फरले चाडपर्व अफर ‘दसैं तिहार भर, सयको अफर’ योजना सार्वजनिक गरेको छ । योजनाअनुसार ई-सेवा मनि ट्रान्स्फरमार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा सय रुपैयाँबराबरको रिचार्ज जित्न सकिन्छ ।

triton college

ई-सेवा मनी ट्रान्स्फरका एजेन्टमार्फत रकम प्राप्त गर्दा सयबराबरको रिचार्ज पाइनेछ भने सीधै ई-सेवाको खातामा रकम प्राप्त गर्दा ई-सेवा खातामा सय रुपैयाँ बोनस प्राप्त गर्न सकिन्छ । यो योजना मंसिर ६ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

 

 

यो योजना विदेशबाट रेमिट्यान्स् पठाउनेका हकमा मात्र लागु हुने कम्पनीले जनाएको छ । ई-सेवा मनी ट्रान्स्फरले जापान, मलेसिया, बहराइन, अमेरिकाका साथै युरोपेली मलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।

corrent noodles
Metro Mart

प्रकाशित: Oct 06, 2020| 05:08 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्