बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • बीमा समितिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी, दुई अर्ब घोटाला गरेको आरोप

बीमा समितिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी, दुई अर्ब घोटाला गरेको आरोप

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले नयाँ कम्पनीलाई सञ्चालन अनुमति दिँदा दुई अर्ब रुपैयाँ घोटाला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। 
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं– बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले नयाँ कम्पनीलाई सञ्चालन अनुमति दिँदा दुई अर्ब रुपैयाँ घोटाला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। 

triton college

तीन वर्षअघि अध्यक्ष चापागाईंले १० वटा जीवन बीमा र ३ वटा निर्जीवन बीमा कम्पनीलाई सञ्चालन अनुमति दिएका थिए। 

यही असोज ५ गते अख्तियारमा परेको बेनामे उजुरीमा चापागाईंले नयाँ बीमा कम्पनी दर्ता गर्दा झन्डै दुई अर्ब रुपैयाँ घोटाला गरेको, कम्पनीहरुको स्थलगत अध्ययन प्रतिवेदन कार्यान्वयन नगरेको, अनावश्यक मोटर खरिद गरी बीमा समितिलाई थप भार पारेको जस्ता ९ वटा आरोप लगाइएको छ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीले ई–मेलबाट बेनामे उजुरी आएको बताउँदै यसका बारेमा अख्तियारले छानबिन गर्ने जानकारी दिए। 

केही दिनअघि बीमा समितिका अध्यक्षले कर्मचारी सरुवा–बढुवा गर्दा बीमा समितिको कर्मचारी विनियावली विपरीत गरेको भन्दै समितिका कर्मचारी संघले विज्ञप्ति नै निकालेर विरोध गरेका थिए। 

corrent noodles
Metro Mart

त्यस्तै विश्वमा नै अभ्यासमा नभएको महामारी (कोरोना) बीमा गरेर कम्पनीहरुलाई समस्यामा पारेको पनि आरोप चापागाईंमाथि लगाइएको छ। कोरोना बीमा सरकारले बजेटमा नै समावेश गरी ल्याएको कार्यक्रम हो। 

बीमा कम्पनीहरुले बजारमा आउनका लागि सञ्चालन अनुमति माग्दा तत्कालीन अध्यक्ष फत्तबहादुर केसीले नयाँ बीमा कम्पनीहरुलाई सञ्चालनको लागि अनुमति दिएका थिएनन्। यसका कारण बजारमा स्वस्थ प्रतिस्पर्धा नभई एकातिर बजार विस्तार भएन भने अर्कोतर्फ बीमा क्षेत्रमा कार्टेलिङ भइरहेको थियो। 

अध्यक्ष चापागाईंले भने आफू अध्यक्ष भएको केही महिनामा नै १३ बीमा कम्पनीहरुलाई सञ्चालन अनुमति दिएका थिए । 

प्रकाशित: Oct 05, 2020| 08:15 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्