मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पोखरा महानगरमा प्रज्ञा प्रतिष्ठान, ११ जनाको नाम सिफारिस

पोखरा महानगरमा प्रज्ञा प्रतिष्ठान, ११ जनाको नाम सिफारिस

पोखरा महानगरपालिकाको प्रज्ञा प्रतिष्ठानका लागि ११ जनाको नाम सिफारिस भएको छ।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

पोखरा– पोखरा महानगरपालिकाको प्रज्ञा प्रतिष्ठानका लागि ११ जनाको नाम सिफारिस भएको छ। पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल संयोजकत्वमा गठित सिफारिस समितिले ११ जनाको नाम मेयर मानबहादुर जिसीलाई बुझाएको हो।

triton college

सिफारिस समितिमा विज्ञ सदस्य मनकुमार श्रेष्ठ र महानगरपालिकाकै सूचना अधिकारी भरतराज पौडेल सदस्य छन्। 

समितिले सिफारिस गरेका ११ जनामध्येबाट ८ जना प्रतिष्ठानमा नियुक्त हुनेछन्। ११ सदस्यीय सांगठनिक ढाँचाको महानगर प्रज्ञा प्रतिष्ठानमा २ जना कार्यपालिका बोर्ड सदस्यसमेत रहनेछन् भने महानगरकै प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने महानगर प्रज्ञा प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ।

समितिले प्रतिष्ठानका लागि पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, प्रकाश ज्ञवाली, सरस्वती श्रेष्ठ सरु, जीवन दाहाल, मीलन शेरचन, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन), प्रतीक थापा र सुरज उपाध्याय गरी ११ जनाको नाम सिफारिस गरेको छ। 

सिफारिस नामहरुबाट मेयर मानबहादुर जिसीले कुलपति, उपकुलपति र परिषद सदस्य एवं सदस्यहरु चयन गर्नेछन्। सिफारिस ११ जना भए पनि ऐनले कुलपति र उपकुलपतिसहित ८ जना सदस्य सम्बन्धित क्षेत्रबाट चुनिने व्यवस्था गरेको छ। 

corrent noodles
Metro Mart

प्रतिष्ठानको संरक्षक रहने मेयरले सिफारिस ११ मध्ये ८ जनालाई मात्रै चयन गर्नेछन्।

सम्बन्धित विधाको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरूमध्येबाट २ जना महिलासहित प्रमुखले तोकेको ८ जना सदस्य रहने व्यवस्था ऐनमा छ। ती ८ जनाबाटै २ जनाचाहिँ कुलपति र उपकुलपति चयन हुने छन्। तिनै ८ जनाबाट अरु २ जना परिषद सदस्य हुनेछन्। ४ जनाचाहिँ सभा सदस्य हुन्छन्। 

प्रमुख प्रशासकीय अधिकृत पदेन सदस्य सचिव रहने व्यवस्था भएकाले महानगर प्रमुख जिसीले कार्यपालिका सदस्य २ जनालाई पनि सदस्यका रुपमा नियुक्त गर्नेछन्। सिफारिस समितिले दिएका नाममध्येबाट कुलपति पदमराज ढकाल र उपकुलपति मेनकाजी गुरुङ चयन हुने सम्भावना छ। महानगरपालिकाले प्रज्ञा प्रतिष्ठानका लागि ५० लाख रुपैयाँ बजेट विनियोजनसमेत गरेको छ।

कुलपतिमा सम्भावित लोकगायक ढकाल राष्ट्रिय जनसांस्कृतिक महासंघमा आवद्ध छन्। लेखनाथ साहित्य प्रतिष्ठानका उनी पूर्वअध्यक्ष हुन्। उपकुलपतिका प्रत्यासी मेनकाजी गुरुङ हिमाली सांस्कृतिक परिवारका अध्यक्ष हुन्। नृत्यगुरुसमेत रहेका गुरुङ सामाजिक क्षेत्रमा पनि सक्रिय छन्।

गायन र सारंगी प्रशिक्षणमा सक्रिय धनबहादुर गायकले संकलन गरेको लोकगीत ‘यो नानीको मिरमिरे आँखा....’ निकै चर्चित छ। सरस्वती श्रेष्ठ सरु कवि हुन्। उनी अत्यन्त्रै क्रियाशील स्रष्टा हुन्। साहित्य सेवामा पनि खटिँदै आएका प्रकाश ज्ञवाली पोखराको सबैभन्दा पुरानोमध्येको एक साहित्यिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष छन्।

उनको गजल संग्रहको एउटा कृति प्रकाशित छ। मीलन शेरचन चित्रकार हुन्। ललितकलाका अलाबा उनी जापानी चित्रकला हानानो ओसिनावामा पनि पारंगत छिन्। जीवन दाहाल लोकदोहोरी गायक हुन्। 

मोतीबहादुर कार्की नाटकमा सक्रिय छन्। परिवर्तन नाममा क्रियाशील उनकै अगुवाइमा पोखरा गैरापाटनमा गन्धर्व नाटक घर सञ्चालित छ। सुरज उपाध्याय कवि हुन्। उनी बालसाहित्य लेख्छन्। बालसाहित्यमा उपाध्यायका कृति पनि प्रकाशित छन्। कृष्णप्रसाद भण्डारी लोकदोहोरी गाउँछन्। प्रतीक थापा संगीतकार हुन्।

पोखरा महानगरपालिका क्षेत्रभित्र भाषा, साहित्य, संस्कृति, ललितकला, नाट्यकला, स‌ंगीतको संरक्षण, संवर्द्धन र विकास गर्न पोखरा प्रज्ञा प्रतिष्ठान स्थापना गरिएको हो। 

प्रकाशित: Oct 05, 2020| 03:27 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।