शुक्रबार, वैशाख ७, २०८१

भेरीका किसानलाई टेलिफोनबाटै प्राविधिक सल्लाह

जाजरकोटको भेरी नगरपालिकाका किसानहरुले अबदेखि टेलिफोनबाटै प्राविधिक सल्लाह लिन सक्ने भएका छन्।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

सुर्खेत– जाजरकोटको भेरी नगरपालिकाका किसानहरुले अबदेखि टेलिफोनबाटै प्राविधिक सल्लाह लिन सक्ने भएका छन्। नगरपालिकाले ‘किसान कल सेन्टर’ सञ्चालनमा ल्याएसँगै किसानले टेलिफोनबाटै प्राबिधिक सल्लाह लिन सक्ने भएका हुन् ।

triton college

‘कृषकलार्ई प्राविधिक सल्लाह दिन र गुनासाहरुको सम्बोधन गर्न किसान कल सेन्टर सञ्चालनमा ल्याएका छौँ,’ नगरपालिकाका कृषि शाखा प्रमुख यज्ञबहादुर अधिकारी भने, ‘अब प्राविधिक सल्लाह लिन किसानहरु गाउँबाट नगरपालिकामा आउनु पर्दैन ।’ कल सेन्टरको टोलफ्रि नम्बर १६६०८९४३००३ मा फोन गर्दा कृषकले पैसा तिर्नु पर्दैन ।

टोलफ्रि नम्बरमा कृषकले राखेका समस्याअनुसार कृषि र पशुतर्फका प्राविधिकहरुले टेलिफोनबाटै सल्लाह दिनेछन् । भौगोलिक विकटता र कोरोना भाइरसको महामारीका कारण प्राविधिकहरु सबै क्षेत्रमा पुग्न नसक्ने भएपछि कल सेन्टर सञ्चालनमा ल्याइएको अधिकारीले बताए ।

कल सेन्टर सञ्चालनमा आएसँगै खाद्यान्न उत्पादन बढ्ने र व्यवसायिक कृषकलाई राहत मिल्ने नगरपालिकाको अपेक्षा छ । उत्पादन बढाउन नगरपालिकाले बेलाबेलामा कृषकलाई उन्नत जातका बिउबिजनहरु वितरण गर्दै आएको छ । कल सेन्टर बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।
 

प्रकाशित: Oct 05, 2020| 03:17 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।