शुक्रबार, वैशाख १४, २०८१

अनलाइन दसैं सेल–दराज दसैं धमाका

 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं- सपिङ साइट दराजले दसैं सेल, दराज दसैं धमाका योजना ल्याएको छ । यो अभियान असोज १९ देखि सुरु हुने भएको छ ।  

triton college

यस अभियान अन्तर्गत उपभोक्ताहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरुमा मेगा डिल्स्, दराज मलमा पाइने ब्रान्डेड उत्पादनहरूमा छुट्, आकर्षक भउचरहरु, बम्पर उपहारमा टिभीएस अपाचे आरटीआर १६० ४ भी एस डि, कार्ड प्रीपेमेन्टमा छुट्, फ्ल्यास सेल्स, निः शुल्क वितरण, हट पिकहरू, रोमाञ्चक मोबाइल गेमहरू, दराज वन रुपी गेम, वील अफ फोर्च्युन र अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्ने जनाइएको छ ।

 

 

 

corrent noodles
Metro Mart

यस सेल अभियानको विशेष पार्टनरहरुको रूपमा टिभिएस, र कोका कोला  रहेका छन् ।

दराजले विभिन्न बैंकहरूसँग साझेदारी गरी डेबिट र क्रेडिट कार्ड मार्फत पूर्व भुक्तानीमा अधिकतम २५ सय रुपैयाँसम्मको छूट्को पनि व्यवस्था गरेको जनाएको छ । नबिल बैंक, एनआईसी एशिया, स्टयान्डर्ड चार्टर्ड, सानिमा बैंक, ग्लोबल आईएमई, मेगा बैंक, एनएमबी बैंक, नेपाल बंगलादेश बैंक, र कुमारी बैंकको कार्डबाट भुक्तानी गर्न छुट पाइने जनाइएको छ ।

उपभोक्ताहरुको सपिङ अनुभवलाई अझै रमाइलो बनाउन अनलाइन लुडो प्रतियोगिताको पनि घोषणा गरिएको छ । यस प्रतियोगिता दराज एपमार्फत श्रीलंका र नेपालका प्रतिद्वन्द्वीहरुबीच हुनेछ । पहिलो स्थान प्राप्त गर्ने खेलाडीले १०० अमेरिकी डलरको दराज भउचर जित्‍ने छन्, दोस्रो स्थानले ७५ अमेरिकी डलरको दराज भाउचर, र तेस्रोदेखि पन्ध्रौं स्थानमा पर्ने प्रत्येक खेलाडीहरुले अमेरिकी २५ डलर जित्‍ने जनाइएको छ । 

यसबाहेक नेपालबाट सर्वश्रेष्ठ प्रदर्शन गर्ने खेलाडीले नयाँ सोनी एक्सपेरिया एक्स ए वन डबल जीत्‍ने छन् भने दोस्रो र तेस्रो उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले क्रमशः नयाँ टाइटन घडी र मनास्लु गिटार जित्नेछन् । प्रतियोगिता २१ देखि २२ असोज  हरेक दिन दिउँसो १ देखि साँझ ७ बजे सम्म दराज एन्ड्रोइड एपमा आयोजित हुने जनाइएको छ । प्रतियोगितामा भाग लिन ५ देखि २१ असोज भित्र दराज एप मार्फत अनिवार्य दर्ता गर्नुपर्ने जनाइएको छ । 

प्रकाशित: Oct 05, 2020| 03:14 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्