मुग्लिन– त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन्।
पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो।
ट्रकको आधा भाग डुबेको अवस्थामा छ।
दुर्घटनामा परी घाइेत हुनेमा ट्रक चालक गल्छी ७ धादिङका २८ वर्षीय रोहित तामाङ, ट्रकमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय रामकुमार लालचन र अर्का सोही ठाउँका २३ वर्षीय राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि धादिङको गजुरी अस्पताल पठाएको छ।