मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • परपुरुषसँग लागेको भन्दै श्रीमानले खुवाए दिसा, गाउँलेले जुत्ताको माला र मोसो दले !

परपुरुषसँग लागेको भन्दै श्रीमानले खुवाए दिसा, गाउँलेले जुत्ताको माला र मोसो दले !

हुम्लामा एक महिलालाई दिसा खुवाइएको छ। परपुरुषसँग लागेको आशंका गर्दै सिमकोट गाउँपालिका ७ की २३ वर्षीया महिलालाई दिसा खुवाइएको हो। 
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

सुर्खेत– हुम्लामा एक महिलालाई दिसा खुवाइएको छ। परपुरुषसँग लागेको आशंका गर्दै सिमकोट गाउँपालिका ७ की २३ वर्षीया महिलालाई दिसा खुवाइएको हो। 

triton college

परपुरुषसँग लागेको आशंकापछि शुक्रबार किशोरीका श्रीमान एबहादुर (नाम परिवर्तन)ले र गाउँहरूले जुत्ताको माला लगाएर, कालोमोसो दलेर गाउँ घुमाउनुका साथै महिलाको कपाल समेत काटिदिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। 

‘परपरुषसँग लागेको आशंका किशोरीमाथि अमानवीय कार्य भएकोे छ,’ हुम्लाका प्रहरी प्रमुख डीएसपी सूर्यप्रकाश सुवेदीले भने, ‘श्रीमानले दिसा खुवाएको कुरा पुष्टि भएको छैन तर जुत्ताको माला र कालो मोसो दलेको सत्य हो।’ 

महिलाले दिसा खुवाएको बताए पनि पुष्टी गर्न नसकेको प्रहरीको भनाइ छ। महिलाका देवर नाता पर्ने  सँग अवैध सम्बन्धमा रहेको आशंकामा उनका श्रीमान र गाउँले मिलेर दुबै जनालाई हातखुट्टा बाँधेर कुटपिट गरेको, अनुहारमा कालोमोसो दलेको र जुत्ताको माला लगाएको प्रहरीले जनाएको छ। 

बिहीबार साँझ दुबै जनाले भेटघाट गरेको र छुट्टिदा एक-अर्काको फोन साटिएपछि उनीहरुबीच अवैध सम्बन्ध रहेको आशंकामा शुक्रबार बिहान श्रीमान र गाउँलेले अमानवीय व्यवहार गरेका हुन्। 

corrent noodles
Metro Mart

गाउँमा किशोर÷किशोरीमाथि अमानवीय कार्य भइरहेको जानकारीपछि धारापोरी प्रहरी चौकीकोे टोली शुक्रबार घटनास्थल पुगेर उनीहरुको उद्दार गरेको हो। 

कुटपिटका कारण दुबै जना घाइते भएका छन्। हातखुट्टा र शरिरको तल्लो भागमा घाउ, निलडाम देखिएको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसोदेखि दुबै जना प्रहरी सुरक्षामा छन्। 

घटनामा संलग्न रहेको भन्दै प्रहरीले किशोरीका श्रीमान्सहित सात जनालाई नियन्त्रणमा लिएर घटनाबारे छानविन भइरहको जनाएको छ। 

प्रकाशित: Oct 03, 2020| 01:46 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।