भारत सरकारले थप ४३ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको छ।
यसमा चिनियाँ कम्पनी अलिबाबा ग्रुपका अलिबाबा एक्सप्रेस, अलिबाबा स्पलायर्स, अलिबाबा वर्क बेन्च आदि छन्।
भारत सरकार इलेक्ट्रोनिक्स एन्ड सूचना प्रविधि मन्त्रालयले सेक्सन ६९ ए प्रयोग गरेर ती एप्समा प्रतिबन्ध लगाएको हो। ती एप्सबाट भारतको स्वायत्तता र सुरक्षामा खतरा पुग्न सक्ने भन्दै प्रतिबन्ध लगाइएको मन्त्रालयले बताएको छ।
यसअघि गत जुनमा पनि भारतले ५९ वटा चिनियाँ एप्सका प्रतिबन्ध लगाएको थियो। त्यसपछि लगत्तै थप ४७ एप्स प्रतिबन्धमा परेका थिए।
फेरि सेप्टेम्बरमा पबजी समेत ११८ वटा चिनियाँ एप्समा प्रतिबन्ध लागेको थियो।