शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ओली-दाहाल बालुवाटारमा, नियुक्तिलगायतका विवादमा छलफल जारी

ओली-दाहाल बालुवाटारमा, नियुक्तिलगायतका विवादमा छलफल जारी

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन्।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं–प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन्।

triton college

दाहाल केहीबेर अघि बालुवाटार पुगेका हुन्। अहिले दुवै अध्यक्षहरुबीच छलफल भइरहेको छ।

दुईदिन ओली र दाहालबीचको छलफल रोकिएको थियो। प्रधानमन्त्रीले पार्टीमा छलफल नगरी बिहीबार राजदूत नियुक्त लगायतको निर्णय गरेपछि दाहाल लगायतका नेताहरु असन्तुष्ट छन्।

ओलीसँग पछिल्लो निर्णयका बारेमा नै छलफल गर्न बिहानै दाहाल बालुवाटार पुगेका हुन्। 
स्रोतका अनुसार आजको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा पनि छलफल हुने बताइएको छ। 

ओली दाहालले नियमित यस विषयमा छलफल गरे पनि ठोस सहमति हुन सकेको छैन। 

corrent noodles
Metro Mart

दाहालले आफू निकटका नेताहरुसँग पार्टीको निर्णयविपरीत प्रधानमन्त्रीले मुख्यसचिव र राजदूत नियुक्ति गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। 

बिहीबार सरकारले गरेको निर्णयलाई लक्षित गर्दै नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पनि निर्णय उल्लंघन भएमा पार्टीमा संकटको पुनरावृत्ति हुन सक्ने बताएका थिए।

मन्त्रिपरिषद्ले अमेरिकाकालागि पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई राजदूतमा नियुक्त गर्ने निर्णय भएपछि त्यसको सामाजिक सञ्जालमा पनि विरोध भइरहेको छ। 

नेकपाका नेता कार्यकर्ताहरूले पनि सामाजिक संजालमा कडा विरोध जनाएका छन्।

प्रकाशित: Oct 02, 2020| 04:19 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।