मंगलबार, वैशाख ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नियमित परीक्षा सञ्चालन गर्न लोक सेवालाई सरकारको आग्रह

नियमित परीक्षा सञ्चालन गर्न लोक सेवालाई सरकारको आग्रह

सरकारले  लोक सेवा आयोगलाई  विज्ञापन र परीक्षाका नियमित काम अघि बढाउन आग्रह गरेको छ।
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं– सरकारले  लोक सेवा आयोगलाई  विज्ञापन र परीक्षाका नियमित काम अघि बढाउन आग्रह गरेको छ।

triton college

सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गत वैशाखदेखि रोकिएका परीक्षा, विज्ञापन लगायतका नियमित कार्य अघि बढाउन आयोगलाई आग्रह गरिएको जानकारी दिएका हुन्।

सरकारको निर्णयअनुसार आयोगले स्वास्थ्यका मापदण्ड र प्रक्रिया पूरा गरी परीक्षा सञ्चालनको सूचना प्रकाशन गर्नेछ।

मन्त्रिपरिषद्ले मदन भण्डारी प्राद्यौगिक विश्वविद्यालय स्थापनाका लागि सो सम्बन्धी विधेयक निर्माण गर्न विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ।

प्रवक्ता ज्ञवालीले परराष्ट्र सचिव शंकरदास वैरागीलाई मुख्य सचिवमा नियुक्त गरिएको, पूर्वअर्थमन्त्री युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूतका साथै पनामा, कोस्टारिका, मेक्सिको, एल सल्भाडोर, होन्डुरस र ग्वाटेमालाका लागि गैरआवासीय राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको पनि जानकारी दिए। 

corrent noodles
Metro Mart

सरकारले पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीलाई संयुक्त अधिराज्यका लागि आवासीय राजदूत तथा आयरल्यान्ड र माल्टाका लागि गैरआवासीय राजदूतका लागि नियुक्तिको सिफारिस गरेको छ भने निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतका साथै वोत्सवाना, केन्या, लिसोथो, जाम्बिया, जिम्बाबे, ग्याबोन, मोजाम्बिक मरिसस, कंगो, तान्जानिया, सेसल्सका लागि गैरआवासीय राजदूत नियुक्तिका लागि सिफारिस गरेको पनि ज्ञवालीले जानकारी दिए। 
 

प्रकाशित: Oct 01, 2020| 12:50 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।