बिहीबार, वैशाख ६, २०८१

बोक्सी आरोपमा महिलामाथि कुटपिट 

मोरङको सुन्दरहरैँचा नगरपालिका–३ आइतबारेमा बोक्सीको आरोप लगाउँदै एक महिलामाथि कुटपिट भएको छ।  
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

विराटनगर– मोरङको सुन्दरहरैँचा नगरपालिका–३ आइतबारेमा बोक्सीको आरोप लगाउँदै एक महिलामाथि कुटपिट भएको छ।  

triton college

स्थानीय २९ वर्षीया धनहीरा राईले छिमेकी ३८ वर्षीया महिलामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। घटनाको भिडियोसहित पीडित पक्ष बिहीबार बिहान प्रहरी कार्यालय पुगेपछि घटना बाहिर आएको हो। पीडित पक्षले किटानी जाहेरी दिएपछि कुटपिटमा संलग्न धनहीरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

आफ्नो शरीरमा धामी उत्रिएको भन्दै उनी थाल बजाएर मंगलबार साँझबाट चिन्ता बसेकी थिइन्। त्यही चिन्ता हेर्न आएकी छिमेकी महिलालाई धनहीराले बुधबार बिहान ४ः३० बजेतिर बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार धामी बस्दा प्रयोग गरेको त्रिशूलले प्रहार गरिएकी महिलाको पेट, हात, काँध, पाखुरा लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।

चोट लागेको ठाउँबाट धेरै रगत पनि बगेको प्रहरीले जनाएको छ। कुटपिटबाट घाइते भएर उठ्न नसक्ने बनेकी पीडितको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको प्रहरीले जनाएको छ। 

corrent noodles
Metro Mart

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले कुटपिट गर्ने महिलाविरुद्ध बोक्सी आरोपको कसुरमा कारबाही अघि बढाउन अनुसन्धान थालिएको बताए । प्रहरीले पीडित महिलाको बेलबारीमा उपचार भएको जनाएको छ । 

प्रकाशित: Oct 01, 2020| 11:55 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।