सुर्खेत– कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसहित बिहीबार कर्णाली प्रदेशमा एक सय पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ५८ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४६ जना र दैलेख अस्पतालको प्रयागशालामा गरिएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये सुर्खेतका ४२ जना, जुम्लाका २१ जना, दैलेखका १० जना, सल्यानका सात जना, मुगुका दुई जना र अन्य प्रदेशका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
यो सँगै कर्णालीमा कुल कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ५६ जना पुगेको छ।
त्यस्तै आज कर्णाली प्रदेशका विभिन्न अस्पताल र आइसोलेसनबाट एकसय तीन जना डिस्चार्ज भएका छन्। कर्णालीमा हालसम्म कुल संक्रमितमध्ये तीन हजार ४२ डिस्चार्ज भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख बृषबहादुर शाहीले जानकारी दिए।