विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १८२ संक्रमित थपिएका छन्। मोरङमा ९८, सुनसरीमा ६८, झापामा ७, ताप्लेजुङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विहीबार विराटनगरमा ६८ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा २६ महिला र ४२ पुरुष छन्। मोरङको जहदामा ६ महिला ११ पुरुष, धनपालथानमा ४ पुरुष, ग्रामथानमा १ महिला २ पुरुष, कटहरीमा १ महिला १ पुरुष, बुढीगंगामा २ पुरुष, केराबारीमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
उता सुनसरीको धरानमा ११ महिला ३३ पुरुष, इटहरीमा ६ महिला १३ पुरुष, रामधुनीमा १ महिला २ पुरुष, दुहवीमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुष, झापाको विर्तामोडका २ महिला २ पुरुष, अर्जुनधारामा २ पुरुष, गौरादहका १ महिला, ताप्लेजुङ र भोजपुरको अरुणका १–१ पुरुष र प्रदेश १ बाहिरका १ महिला ६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ९८० पुगेको छ। प्रदेश १ मा विहीबार १७४ जना डिस्चार्ज भएका छन्। होम आईसोलेसनबाट १३९, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट २३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ५ जना डिस्चार्ज भएका छन्। हाल सम्म ३ हजार २७२ जना डिस्चार्ज भएका छन्।
प्रदेश १ मा विहीबार ९७८ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ६० महिला र १२२ को रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख २४ हजार ७२३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।