शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आजदेखि यी स्थानमा खुल्यो सुपथ मूल्य पसल, कुन सामानमा कतिसम्म छुट ? 

आजदेखि यी स्थानमा खुल्यो सुपथ मूल्य पसल, कुन सामानमा कतिसम्म छुट ? 

उपत्यकाका कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, थापाथली, नख्खु, प्रयागपोखरी, जाउलाखेललगायतका ठाउँमा घुम्ती सेवा पसल सञ्चालनमा आएका छन्। 
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं- दसैं, तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर सरकारले आजदेखि  राजधानीका विभिन्न ठाउँमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। 

triton college

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका कार्यालय, डिपो, डिलरहरुले घुम्ती सेवा पसल सञ्चालनमा ल्याएका हुन् । यस्ता पसलबाट अनलाइनमार्फत पनि किनमेल गर्न सकिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। 

उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, थापाथली, नख्खु, प्रयागपोखरी, जाउलाखेललगायतका ठाउँमा घुम्ती सेवा पसल सञ्चालनमा आएका छन् । 

सुपथ पसलमा उपभोक्ताले सरल, सहज एवम् सहुलियत मूल्यमा दैनिक उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरु चामल, चिनी, नुन, दाल, खसी, च्याङ्ग्रा लगायतमा छुट पाउने छन्। 

यस्ता पसलमा नुन प्रतिकिलो १८ रुपैयाँ, चिनी प्रतिकिलो ७० रुपैयाँ, घिउ  प्रतिकिलाे ८७० रुपैयाँ ताेकिएकाे छ। त्यस्तै चामलमा  प्रतिकिलाे पाँच रुपैयाँ छुट दिइएको छ। 

corrent noodles
Metro Mart

खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलाे १० रुपैयाँ, दालमा पाँच रुपैयाँ, गेडागुडीमा १० रुपैयाँ, फापर तथा केराउमा पाँच रुपैयाँ छुट दिइएकाे मन्त्रालयले जनाएकाे छ।

चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यस्ता सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ। यो वर्ष पनि त्यसैको निरन्तरता हो ।

प्रकाशित: Oct 01, 2020| 02:30 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।