बिहीबार, वैशाख १३, २०८१

सिरी–एमा इन्टर मिलान र एलटालान्टाको सानदार जित

रोमेलु लुकाकूको २ गोलसँगै इटालियन सिरी–एमा इन्टर मिलानले बेनिभेन्तोविरुद्ध सानदार जित निकालेको छ।
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं– रोमेलु लुकाकूको २ गोलसँगै इटालियन सिरी–एमा इन्टर मिलानले बेनिभेन्तोविरुद्ध सानदार जित निकालेको छ।

triton college

बेनिभेन्तोको म्युनिसिपल रंगशालामा सम्पन्न खेलमा पाहुना टिमले ५–२ गोलअन्तरको सानदार जित निकालेको हो।

जितका लागि लुकाकूबाहेक रोबर्टो गाग्लिर्दिनी, आचरिफ हाकिमी र लाउतारो मार्टिनेजले समान १–१ गोल गरे। यता घरेलु टिमका लागि पनि गिअन्लुका काप्ररीले दुई गोल गरे।

खेलको २८ सेकेन्डमै हाकिमीले दिएको पासलाई लुकाकूले गोलमा परिणत गर्दै सुरुवाती अग्रता बनाए। आक्रामक सुरुवात गरेको इन्टरका लागि गाग्लिर्दिनीले खेलको २५ औं मिनेटमा गोल गरेर अग्रतालाई दोब्बर बनाए।

त्यस्तै २८ औं मिनेटमा लुकाकूले अर्को गोल थपे। ३४ औं मिनेटमा बेनिभेन्तोका काप्ररीले गोल गर्दै खेलमा फर्कन चाहे पनि सकेनन। 
बरु ४२ औं मिनेटमा हाकिमीले गोल गर्दै पाहुना टिमलाई ४–१ को अग्रतामा पुर्याए।

corrent noodles
Metro Mart

४–१ को गोलअन्तरसँगै सुरु भएको दोस्रो हाफमा दुवै टिमका खेलाडीले १–१ गोल थपे। काप्ररीले ७६ औं मिनेटमा गोल गरे भने इन्टरका मार्टिनेजले ७१ औं मिनेटमा गोल गर्दै जितलाई ५–२ गोलअन्तरमा लम्ब्याए।

जितसँगै २ खेलबाट ६ अंक बनाएर इन्टरमिलान दोस्रो स्थानमा छ। पराजित बेनिभेन्तो भने ३ अंकका साथ १२ औं स्थानमा छ।
बुधबार राति नै सम्पन्न अर्को खेलमा एटलान्टाले लाजियोलाई ४–२ गोलअन्तरले हराएको छ। 

लाजियोको ओलम्पिकाओ रंगशालामा सम्पन्न खेलमा जितका लागि डारियाले गोमेजे २ गोल गरे भने हान्स हाटेबायर र रोबनि गोसेन्सले समान १–१ गोल गरे।

जितसहित ६ अंक  बनाएको एटलान्टा अंकतालिकाको दोस्रो स्थानमा छ। पराजित लाजियो ३ अंकका साथ १० औं स्थानमा छ।
नापोली पनि समान ६ अंक बनाएर गोलअन्तरका आधारमा शीर्षस्थानमा छ।
 

प्रकाशित: Oct 01, 2020| 01:15 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।