काठमाडौं– कुवेतका राजा शेख सबाह अल अहमद अल सबाहको ९१ वर्षको उमेरमा निधन भएको छ।
उपचारका लागि उपचारका लागि अमेरिका गएका बेला उनको निधन भएको हो। पन्त्रिपरिषदले उनका भाइ ८३ वर्षीय शेख नवाफ अल अहमद अल सबालाई उत्तराधिकारीका रुपमा घोषणा गरेको छ।
शेख सबाह १९९० मा भएको खाडी युद्धपछि इराकसँग सम्बन्ध बढाउन तेल सम्पन्न राष्ट्रका शीर्ष नेताका रुपमा चिनिन्थे। शेख सबाह शेख अहमद अल जबर अल सबाका चौथो सन्तान हुन।
शेख सबा अल अहमदले सन २००६ देखि समृद्ध खाडी अरब राज्यमा शासन गर्दै आएका थिए । उनी ५० वर्षभन्दा बढी समय विदेश नीतिको नेतृत्व गरेका थिए।
उनले जीवनको धेरै समय क्षेत्रीय तनाव व्यवस्थापनमा मध्यस्थताको भूमिका निभाएका थिए।