भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना भाइरसको संक्रमण भएको छ। उपराष्ट्रपतिको सचिवालयले आज मंगलबार यो जानकारी दिएको हो।
बीबीसीका अनुसार कोरोना संक्रमित भए पनि उनमा कुनै लक्षण छैन र उनी स्वस्थ छन्।
यसअघि दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियालाई पनि कोरोना संक्रमण भएको थियो। उनी अहिले संक्रमणमुक्त भइसकेका छन्।