बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • तातोपानी नाका असोज १९ देखि खुल्ने, दसैंका लागि चिनियाँ कपडा आउने

तातोपानी नाका असोज १९ देखि खुल्ने, दसैंका लागि चिनियाँ कपडा आउने

नेपाल र चीनका स्थानीय अधिकारीबीच मंगलबार भएको बैठकमा यही असोज १९ गतेदेखि तातोपानी नाका खोल्ने सहमति भएको हो।
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– सिन्धुपाल्चोकको तातोपानी नाका यही असोज १९ गतेदेखि सञ्चालनमा आउने भएको छ।

triton college

नेपाल र चीनका स्थानीय अधिकारीबीच मंगलबार भएको बैठकमा यही असोज १९ गतेदेखि तातोपानी नाका खोल्ने सहमति भएको हो।

गएको असार २५ गतेदेखि नेपालमा तातोपानी नाका हुँदै सामान भित्रिएको छैन। नेपाली व्यापारीका करिब ८ सय ट्रक चीनका विभिन्न स्थानमा रोकिएको बताइएको छ। नेपालमा चैतदेखि लकडाउन भए पनि असार २४ गतेसम्म सामान निरन्तर आइरहेको थियो। तर असार २४ गते रातिको वर्षाका कारण बाह्रबिसेदेखि लिपिङसम्मको बाटो बिग्रिएपनि नाका पनि बन्द भएको हो।

तातापानी भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले भने, ‘भारी वर्षाका कारण भन्सारसमेत खुल्न नसक्ने अवस्था आएपछि मैले नै अहिले सामान नपठाउन आग्रह गरेको हो। तर बाटो बन्न झन्डै २५ दिन लाग्यो। त्यसपछि सामान पठाउन भन्दा नेपालमा कोरोनाको संक्रमण बढ्दै गइरहेका कारण चीनमा पनि कोरोना भित्रन सक्ने भन्दै उनीहरुले सामान पठाउन मानेनन्।’

मंगलबार भएको वार्ताअनुसार असोज १६ गते नेपालबाट सामान लिन जाने २९ जना चालक र मजदुरको पीसीआर परीक्षण गरी नेगेटिभ रिपोेर्ट आएको प्रमाणसहित नामावली उनीहरुलाई दिने र उनीहरुले आफूले गर्ने प्रकृया पुर्याएर असोज १८ गते सामान लिनका लागि चीन जान दिने र १९ गतेदेखि भन्सारबाट सामान जाँच पास गराउने निर्णय भएको छ। 

corrent noodles
Metro Mart

खत्रीका अनुसार चीनको तर्फबाट ल्हासाबाट नै उच्च अधिकारीहरु छलफलका लागि आएका थिए भने नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको नेतृत्वमा प्रहरी प्रमुख राजन अधिकारी, सशस्त्रका प्रमुख, भन्सार प्रमुख, अनुसन्धानका प्रमुखलगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो।
 

प्रकाशित: Sep 29, 2020| 12:33 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्