बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सरकारी कार्यालयले नै मान्दैनन् जनस्वास्थ्यका मापदण्ड 

सरकारी कार्यालयले नै मान्दैनन् जनस्वास्थ्यका मापदण्ड 

सार्वजनिक संस्थाहरुमा नै जनस्वास्थ्यका मापदण्डको पालना नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– सार्वजनिक संस्थाहरुमा नै जनस्वास्थ्यका मापदण्डको पालना नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

triton college

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज प्रवक्ता डा. जागेश्वर गौतमले सरकारी तथा गैरसरकारी संस्थाहरु, बैंक, विद्युत् प्राधिकरण, तरकारी बजार, वडा कार्यालय, अस्पताल, मालपोत, खानेपानी कार्यालय, मालपोत, टेलिकम, टिकट काउन्टर, व्यारेक, अस्पताल लगायतका क्षेत्रमा नै जनस्वास्थ्यका मापदण्डको पालना नभएको बताए। यसले गर्दा कोरोना संक्रमण फैलिरहेको मन्त्रालयले तर्क छ।

संक्रमितको अवस्था हेर्दा ब्यारेक, अस्पताल, बैंक तथा तरकारी बजारका संक्रमित बढी देखिएको मन्त्रालयले जनाएको छ। त्यसैले ती संस्था वा स्थानमा अनिवार्य रुपमा हात धुने व्यवस्था मिलाउन, दुई मिटरको दूरी कायम गरी काम गर्ने वातावरण मिलाउन र मास्कको प्रयोग गर्न–गराउन मन्त्रालयले अनुरोध गरेको छ। 

काठमाडौं उपत्यका लगायत जनघनत्व उच्च भएका क्षेत्रमा कोरोना संक्रमणको दर उच्च भएको बताउँदै जनस्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ । 
 

प्रकाशित: Sep 29, 2020| 11:15 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।