शुक्रबार, वैशाख ७, २०८१

मोरङ प्रहरीद्वारा चाडपर्व सुरक्षा योजना तयार

दशैं, तिहार, छैठ लगायतका चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय मोरङले विशेष सुरक्षा योजना तयार पारेको छ । 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

विराटनगर– दशैं, तिहार, छैठ लगायतका चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय मोरङले विशेष सुरक्षा योजना तयार पारेको छ । 

triton college

सम्भावित र विगतमा भएका घटना एवं आपराधिक गतिविधीलाई मध्यनजर गर्दै तयार पारिएको सुरक्षा योजना प्रभावकारी रुपमा कार्यान्वयनतर्फ लैजान थालिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । सुरक्षा योजनामा एसपी खड्का आफै सुरक्षा व्यवस्थापनमा खटिने उल्लेख छ । 

प्रदेश राजधानी विराटनगर लगायतका स्थानमा विशेष ढंगले प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था मिलाउन थालिएको उनको भनाइ छ । खड्काका अनुसार धार्मिक तीर्थस्थल, शक्तिपीठ, मठ मन्दिर लगायत भक्तजनहरुको भीडभाड एवं घुइँचो हुने स्थानको सुरक्षा व्यवस्था मिलाउन निगरानी बढाउन थालिएको छ ।  

भीडभाडमा हुने चोरी, डकैती र लुटपाटका घटना हुन नदिन प्रहरी चनाखो रहेको उनको भनाइ छ । मादक पदार्थ सेवन (मापसे)बाट हुने झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव लगायतमा पनि प्रहरीले ध्यान दिन थालेको छ । 

चाडपर्वमा यातायातको सहज उपलब्धता, चुस्त ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागुऔषधको अवैध ओसार पसार नियन्त्रणमा अहिल्यैदेखि प्रहरी सक्रिय भएको छ । बैंक तथा वित्तिय संस्था, आर्थिक गतिविधी एवं सुनचाँदीको कारोबार बढी हुने स्थान, सरकारी कार्यालय, एटीएम बुथ र पसलहरुमा निरानी बढाउन प्रहरीको विशेष टोली खटाइएको छ । 

corrent noodles
Metro Mart

शंकास्पद व्यक्तिहरु एवं सार्वजनिक स्थलमा हुने गतिविधीको निगरानी, पटकाको ओसारपसार तथा बेचबिखन नियन्त्रण, सीमा क्षेत्रमा कडाई, मदिराको ओसारपसार, पकेटमार लगायत अपराधिक प्रवृत्तिका मानिसहरुको पहिचान प्रहरीको प्राथमिकतामा परेका छन् ।

मादक पदार्थ सेवन (मापसे) गरेर सार्वजनिक स्थलहरुमा हो–हल्ला एवं झै–झगडा गर्नेलाई तत्काल नियन्त्रणमा लिएर प्रहरीले कारबाही अघि बढाउने छ । यसका लागि अवैध मदिरा ओसारपासर र बेचबिखनलाई प्रहरीले पूर्ण निगरानीमा राखेको एसपी खड्काले बताए । 
मोरङमा एक हजार दुई सय ३३ प्रहरी चाडपर्व सुरक्षाका लागि आवश्यक पर्ने देखिएको छ । नौ सय ६० जना जिल्लाभित्रबाटै खटाउन सकिने र अरु दुई सय ७३ जना माथिल्लो कार्यालयबाट माग गरिएको छ । 
 

प्रकाशित: Sep 29, 2020| 09:55 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।